भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर / नोर्देन रुम्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर
मैले बोकेकोछु मैले बाँधेको छु
निर्माया तिम्रै मायालाई
कम्मर पेटीमा हेर या कालकोटैमा हेर
मैले भिेरेको छु मैले खिलेको छु
निर्माया तिम्रै मायालाई…..

नदेख्नेलाई सुनाखरी कस्तो छ नि भन्नु
नसुन्नेलाई रानी चरी के हो के पो भन्नु
दिल बस्यो तिमीमा बैंस खस्यो तिमीमा
भन मेरी दिलबरी अब को हो भन्नु
ए कालो चश्मामा हेर बटम फूलैमा हेर
मैले चोरेको छु मैले कोरेको छु
निर्माया तिम्रै मायालाई…..

झरी होस् या घाम छेल्ने यही कालो छाता
खोलिदिन्छु उकालीमा सँगै मनको पाखा
आँखा लड्यो तिमीमा पाउ अड्यो तिमीमा
थाह छैन कल्ले जोड्यो तिम्रो नाता
ए रातो रुमालमा हेर या आँखा छोपीमा हेर
मैले खोपेको छु मैले छोपेको छु
निर्माया तिम्रै मायालाई…..