भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तिमीले जति नै माया दिए पनि / चाँदनी शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



तिमीले जति नै माया दिए पनि मेरो माया
मुटुको तिर्खा मेटिने छैन यो जुनी भरिमा
तिमीलाई जति दिउँ यो मुटुबाट झिकेर
माया यो मेरो सिद्धिने छैन सयौँ सय जुनीमा

आँसुका झरीले ब्यथाका बादलले आएर
कहिले सक्नेछैनन् पखाल्न धमिल्याउन
हर्सको सिमा नाघी नभनै बर्सिदिए पनि
कहिले सक्नेछैन बढार्न माया यो भन्दा बढी
धर्तीले समेटी उठिदिएछ माया यो हाम्रो
क्षितिज नाघी फैलिदिएछ अनन्तसम्म नै
दुइटा मुटु जोडेछ त्यहाँ एउटै आत्मामा
स्वर्ग र धरा बसेछ त्यहाँ एउटै आँगनमा

शब्द: चाँदनी शाह
संगित: नातिकाजी
स्वर: तारादेवी