भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तिमी र म / गोपालप्रसाद रिमाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भैगो भन्या" भैगो,
तिम्रो दया मलाई चाहिन्न,
बरु तिमीले दिएको जहर सिनित्तै म रित्याइदिउँला
तर तिम्रो दयाकोर् क थोपा पनि मलाई ताहिन्न।
जब संसारबाट उप्केर मेरा आँखा
आकाशतिर हेर्न लागेका हुन्छन्,
जब आफ्नो पीर पोख्ने ठाउँ नपाएर
म शून्य विजनको सहारा लिन्छु,
जब म नफुकेर कुच्रन्छु-
तिमी आएर भन्दछौ-"कति राम्रो आकाश,
कति सुन्दर फूल,कति शून्य ठाउँ हैन त?"
हरे ! म तिमीलाई कसरी बुझाऊँ कि म
यहाँ किन आएँ,
किन अहिले आकाश, विजन, फूल राम्रा छैनन्,
किन मानव-हृदय सबभन्दा ठूलो आकाश,
सबभन्दा सुन्दर फूल हो।
यसैले तिम्रो कुरामा सही थापेर्झैँ गरेर म भनिदिन्छु,
"हो, ओहो, कति राम्रो !"
संसार गाउँछ-"हो, ओहो, कति राम्रो !"
तिमी भन्दछौ- तिमीले यसरी एक्लै आनन्द लिएको,
यसरी आकाशमा आफूलाई हराउन खोजेको
यसरी फूलहरुसित नाता जोड्न खोजेको देखेर
मलाई आनन्द लाग्छ।
हो, अहिले पनि टाढाबाट तिमीलाई निक्कैबेर
एकटक लाएर हेरिरहेँ।
वातावरण कवितामय थियो, तिमी -
हरे, म कसरी तिमीलाई भनूँ कि यो मेरो
बेवरी हे, मेरो कमजोरी हो,
कि फूलले भन्दा पहिले संसारलाई
आफ्नो हृदयले सिंगार,
त्यसैले क तिम्रो कुरामा सही थापेझैं गरेर
खिस्स हाँसेर भनिदिन्छु,
"हो, कति कवितामय !"
प्रतिध्वनि गाउँछ-"कति कवितामय !"
संसार गाउँछ- "कति कवितामय !"
तिमी भन्दछौ- "तिमी"-
भैगो भन्या" भैगो,
तिम्रो दया मलाई चाहिन्न।
बरु तिमीले दिएको जहर
म सिनित्तै रित्यइदिउँला,
तर तिम्रो दयाको एक थोपा पनि मलाई चाहिन्न।