भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

नयराज पन्त / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नयराज पन्त परिचय

कृष्णदत्त र यज्ञप्रिया पन्तका सुपुत्र नयराज पन्तको जन्म १९७० साल साउन २६ गते काठमाडौंको महाबौद्धमा भएको थियो । पण्डित कृष्णदत्त त्यस जमानामा विद्वानमण्डलीमा सुविख्यात थिए । काठमाडौंदेखि कासीसम्मका विद्वानगणमा उनको बराबर चर्चा हुन्थ्यो।

नयराज पन्त जन्मेको डेढ वर्षमा नै कृष्णदत्त स्वर्गीय भए । त्यसपछि यज्ञप्रिया आफ्नो नाबालक छोरो बोकेर माइत गइन् । त्यही नै नयराज पन्त हुर्के, बढे र पढे । मामाघरमै १३ वर्षा पन्तको जनकराज पण्डित -पाण्डे)की छोरी १२ वर्षी बुधकुमारीसँग विहे भयो । पन्तदम्पत्तिबाट दुईछोरा महेशराज पन्त तथा दिनेशराज पन्त अनि तीन जना छोरी अम्बिका, धन र अमिताको जन्म भयो । पन्तको आफ्नी आमाका बुबा भुवननाथ पाण्डेबाट अक्षराम्भ भएको थियो । पन्तले सानैदेखि मामलका तिनै हजुरबुबाको आडमा ज्योतिष र इतिहास विषयक ज्ञान आर्जन गर्न थालेका थिए । वास्तवमा उनका हजुरबाबु यी दुवै विषयमा संलग्न भएका कारण पन्तले पनि त्यही बाटो मात्रै समाइरहे । उनैको वातावरण, भावना र हुटहुटीले नै पन्तले वाल्यकालदेखि इतिहासमा चासो राखेका थिए । आफ्नो शैक्षिक अनुभव आर्जन गर्नचाहिं उनी कुमारी चोकको भाषा पाठशालामा भर्ना भए । अनि उनी स्रेस्ता पाठशाला पनि पुगे । त्यसपछि उनको पढाई रानीपोखरीको संस्कृत पाठशालामा हुन थाल्यो ।

पन्तले आफूले जानेको विद्या आफ्ना टोलका आफूभन्दा सानाहरूलाई पनि सिकाउँथे । उनी फकाईफकाई बालबच्चा पढाउँथे तर ट्युसन पढाउँदा कसैसँग पैसा लिदैन थिए ।

पन्तले काशीको राजकीय संस्कृत पाठशालाबाट गणित ज्योतिषमा आचार्य गरे र उनी त्यसमा प्रथम श्रेणीमा प्रथम भएका थिए । त्यही क्रममा यिनले संस्कृतको धेरै नै अध्ययन गरेका थिए । वास्तवमा त्यसै बेला उनी संस्कृतभाषा लेख्न र बोल्नमा सिद्धहस्त पण्डितका रूपमा नै प्रस्तुत भएका थिए । साथै यिनले अङ्ग्रेजी साहित्यको पनि विशेष अध्ययन गरेका थिए । अनि हिन्दी भाषाको लेखापढीमा पनि उनको दिलचस्पी थियो ।

आचार्य गरेपछि पन्तले रानीपोखरीको संस्कृत पाठशालामा काम पाए । त्यहाँ उनी ज्योतिषको अध्यापक थिए । सरकारी स्कुलमा काम गर्न थालेपछि उनको दिनचर्या पनि राम्रो हुन थाल्यो । उनको कामले उनी आफै पालिने अवस्थामा अनुवाद हुन थाले । त्यसपछि उनी लेखन र सम्पादनमा पनि जुट्न थाले ।

पन्तको योगदान वाल्मीकि विद्यापिठमा पनि पुग्यो । त्यहाँ उनी नेपाल सरकारको प्रथम श्रेणी अधिकृत स्तरका प्राध्यापकका नियुक्त भए । अनि उनले त्यहाँ झन्नै सत्र वर्षसेवा गरे । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत अन्वेषणमा पसे । अनि उनी खगोल गणित ज्योतिषमा संलग्न भए । त्यसपछि उनको योगदानको चर्चा राजदरबारसम्म पनि पुग्यो । परिणाम स्वरूप उनी झन्नै पन्ध्र वर्षम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा आबद्ध भए ।

पन्तले नेपाली भाषासाहित्यको उत्थानका लागि किशोरावस्थादेखि आफ्नो गच्छे रोपे । उनको जागरणका कारण उनी नेपाली भाषा प्रकाशनी समितिको सदस्य पनि भए । त्यहाँ पनि यिनले आफ्नो मन, वचन र कर्म अर्पण गरे । आफू इतिहासमा जागरुक भएपछि यिनको समेत पहलमा २००९ सालमा संशोधन मण्डलको स्थापना भयो । त्यसपछि उनी एकोहोरो त्यहीं लागिरहे । दिनेशराज पन्तका अनुसार त्योभन्दा अघि नेपालमा विशुद्ध इतिहास लेख्ने चलनै थिएन ।

पन्तले नेपाली परिवेशमा समर्पित रहीे सेवा गरेबापत गोरखादक्षिण बाहु प्रथम ग्रहण गरे । त्योभन्दा अघि नै यिनले महेन्द्र विद्याभूषण पाइसकेका थिए । साथै उनले त्रिभुवन प्रज्ञापुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, मदन पुरस्कारलगायत विभिन्न प्राज्ञिक, वाङ्मयी र सामाजिक सङ्घसंस्थाबाट सम्मान, अभिनन्दनहरू ग्रहण गरिरहे । साथै पन्तलाई २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधी -डीलिट) प्रदान गरिएको थियो ।

पन्तले जीवनमा सकेसम्म एक इन्च पनि आफूलाई बराल्ने काम गरेनन् । उनले सधैं प्राज्ञिक काम मात्रै गरिरहे । युवाकालदेखि उनी लेखनमा मात्र नै प्रायः समर्पित भइरहे । उनले जसरी इतिहासलाई सही दिशा दिन कम्मरमा पटुका कसे यस काममा उनी सफल पनि भए । किनभने उनी सत्यदेखि पछिहट्तैन थिए । उनी आफूलाई सही लागेको कुरा नै बोल्थे र त्यस्तै लेख्थे । उनी लोभानी र पापानीमा पनि कहिले लागेनन् । साथै अहम्, आडम्बर र घमण्डमा पनि उनी कहिले फसेनन् ।

पन्तले फुटकर रुपमा कविता र प्रबन्ध लेखे । धेरै चाहिं उनले इतिहास नै लेखे । उनका इतिहास विषयक पुस्तकमात्र पन्ध्रवटा प्रकाशित भए । साथै उनीद्वारा लिखित ज्योतिष विषयक कृतिहरू मात्र दसवटा प्रकाशनमा आए । उनीद्वारा लिखित संस्कृत वाङ्मयका बारे लेखिएको एउटा कृति पनि प्रकाशनमा आएको छ ।

पन्तले काम गरेर नै जस पाए । किनभने उनी कामका पक्का थिए । गर्छु भनेपछि उनले त्यो काम गरिछाड्थे । तिनै कामहरुको श्रृङ्खला जोडिएर उनी नेपाली वाङ्मयमा अत्यन्तै मर्यादित, विशिष्ट र श्रद्धेय व्यक्तित्व भए ।

पन्त इमान्दार थिए, नैतिकताका धनी थिए र उनको स्वाभिमान पनि त्यस्तै थिए । उनी कसैसँग खुम्चिँदैन थिए । कसैसँग केही लिनु छ भने उनी नीतिदेखि पर सरेर लिँदैन थिए । किनभने उनी मनुका विद्यार्थी थिए । उनका विषयमा स्नातकोत्तरमा शोध गर्ने अलका चालिसेले पनि मनुस्मृतिकै सिद्धान्तमा आधारित उनको जीवन पद्धती भएको ठहर गरिन्- "१. आफ्नो शरीरलाई धेरै कष्ट नदिइकन तथा निन्दित काम नगरीकन परिवारको पालनपोषण गर्नलाई पर्याप्त हुने धन जुटाउनु, २. स्वाध्यायमा खलल पार्ने खलका कुनै पनि क्रियाकलाप नगर्नु । जसोतसो गरेर अध्ययन अध्यापन कार्य जारी राख्न सक्नु नै विद्याव्यसनीको सफलता हो र ३. बुद्धि बढाउने, अर्थलाभ गराउने र आफ्नो हित हुने खालका शास्त्र तथा वैदिक ग्रन्थहरू पनि सधैं हेर्ने गर्नु ।"

पन्त सत्यसँग नै बाँचे । उनी असत्यसँग डगमगाउँदैन थिए । यसबारे उनको दर्शन थियो- "सत्य सधैं एकै हुन्छ । त्यही पद्धतीमा नै उनले नब्बे वर्षति यस माटोमा टेकेर विताए ।

कान नसुन्ने र अँखा प्रष्ट नदेख्ने भए तापनि पन्त सकिनसकि आफ्नो यात्रामा घस्रिरहे । संस्कृत र नेपाली साहित्यमा लडिबुढि खेल्दाखेल्दै उनको स्वास्थ्यले साथ दिन पनि छाड्यो । अन्ततः २०५९ साल कात्तिक १८ गते काठमाडौंको आर्यघाटमा उनको स्वर्गारोहण भयो ।

स्रोतः नई प्रकाशन - नयराज पन्त २२ नोभेम्वर २०१८