भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

पाउनु / भवानी भिक्षु

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मानवलाई उपलब्ध गर, कवि, मान्छेहरुका वनमा,
बुद्धि र अंग प्रत्यंग, अहन्ता, दम्भ, स्वर्णका कणमा ।
रुक्ष प्राप्तिको मानिस नै हो हाम्रो बुद्धि-प्रतीक
तर्क मात्रनै खाइरहेछ-ठीक यो कि बेठीक !’
हाम्रो सृजना आज--लडाई, दाउँ, पेच, प्रतिघात,
उत्तेजना मात्र नै पाउँछौ, लभ्य एक आघात;
भयो दुर्दशाग्रस्त—‘मानवी व्यथा’,
कता त्यो हाम्रो संवेदनमा ?
मानवलाई उपलव्ध गर, कवि,
तिमि निश्छल-चेतनमा !

अल्झि रहेछ हाम्रो मानव, भनी भनी “निर्माण”
बिर्सिरहेछ डर-स्पन्दन, सुतीरहेछ प्राण,
भूमि गगन औ पूर्व र पश्चिम, शिथिल तथा द्रुत मात्र,
युगयुगको उपलव्धि नासिकन--भयो यत्तिकै पात्र !
भनी प्रगति, गति छोडी-- त्यै प्रारम्भ गर्छ,
त्यो आफ्नो अवरोधनमा,
मानवलाई उपलव्ध गर, कवि
मुटुको मानव--मनमा ।

‘ईर्ष्याको वरदान’ भएछ, “गतिपथको पाथेय”
बिर्सी ‘स्पर्दा’ सहज, मार्नुमा मानव आज अजेय,
परिवर्तन-पर्याय भएछ केवल “निर्मम हध्वंश”
भूलिरहेछ, हरे, आज मानव नै मानव-वंश !

‘नाश’ आज विश्वास बनायो-
त्यही आउने मानव स्वयं सृजनमा,
मानवलाई उपलव्ध गर,
यस ‘केवल मानव- तनमा’ ।

“उर-गुण-रहित विचार” भएछ मानव विच पर्खाल,
भयो स्व-काराबद्ध मान्छे स्वयम भयो जंजाल,
रसःरिक्त, अनुभूतिहीन, मानवी धर्म बेहाल,
मर्मरहित मान्छे भयो मानवताकी कंकाल,
अब हेला, आशंका नै के धार्य हरे,
मानवको रित्तोपनमा ?
मानवलाई उपलव्ध गर, कवि,
यस उर-निस्पन्दनमा ।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)