भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

फुटकर कविता / रघुनाथ पोखर्‌‍याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


स्वस्तिश्री मसिशील शिल्पहरुले सब् गुण यसैमा लिन्या ।
धैर्यादीगुणले अकृत्यहरुको स्तंभन् गराई दिन्या ।।

युक्तीले पनि ता गुणी जन सबे मोहन गरी राखन्या ।
उच्चाटन पनि दुष्टलाइ सहजै चातुर्यले लाउन्या ।।

भक्तीले सहजै त षट्र करम ता जेठानजी गरेदछन् ।
यस्ता श्रीयदुनाथ छेउ रद्धुनाथ्‌जीका प्रणामै पुगुन् ।।

आनन्दमा छौं सब हामि जाहाँ ।
संचार् नमिल्दा मन जान्छ ताहाँ ।।

उप्रान्त धेरै त बखान सुन्छु ।
त्स्‌ले सदा दास झञी म हुन्छु ।।

माता पिता दाजु पनी त छैनन् ।
काम्‌काज् तपाञी सित हाजिरै छन् ।।

दान् भोग् नगर्दा धन जान्छ खेरै ।
जान्‍न्या तपाञी कति लेखूँ धेरै ।।

आकास्को जुन शेर हो उ पनि ता घायल भया चोरले ।
सिर्‌को वर् जून हो थियो उ पनि ता घायल् भया सोरले ।।

सिद्धैका जून जङ थिया उ विरता घायल् भया भोरले ।
भाग्यैले परिपाठ पर्दछ कि यो बुद्धिका जोरले ।।

बरु वन्‌मा बस्नु रुखमनि, खनी खानु छ तरुल् ।
बरु भिक्षा माँगी फकिर भइ हिड्नु छ त जरुल् ।।

धनी जन्ले हेंला गरिकन दियाको छ ननिको ।
हरीहर्को सेवा गरिकन जियादेखि छ निको ।।

चन्द्रमा पनि कलंक देखियो ।
वेदमा त पशुघात लेखियो ।।

ग्ाहले जलधिरत्न रोकियो ।
यो बिना कुदिनले ति झै गयो ।।

हरिस् खा हे हर खा अनि पछि त पाला पनि तं खा ।
लदा खा भेरन् खा अनि पछि तं चैकी पनि चपा ।।

                     'पुराना कवि र कविता' बाट साभार