भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मनोद्वेगप्रवाह / मोतिराम भट्ट

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



यसरि मकन तिम्ले बिर्सनू धन्य छाती ।
अझ कति घोचूँ विघ्न निष्ठूर जाति ।।
कउन अकल गर्नू लाग्छ हज्जार ठक्कर ।
न त रहनु नजानू क्या पर्योर आज अक्कर ।।

जति जति तिमि मेरो चित्त चोरेर लिन्छयौ ।
ततितति अतिबाधा हुन्छ के प्यारि गर्छ्यौ
किन कमल विहक्मा फूलि वंलाइ जानू ।
किन फजिति भ्रमल् यस्तवर्ले छ खानू ।।

यति यति तप गर्दा कत्ति लाग्दैन पत्ता ।
अझ जति जति खोज्छू उत्तिभै यो विपत्ता
यसरि दुखदियाको चित्त चोरी लियाको ।
यति त सुन पियारी व्यर्थ तिम्‌ले गर्या को ।।

ई दाह्रि छैन अब हेर जुँघा मसार्छू
दार्हीर बनाइ पछिबाट जुँघा मसार्छु ।।
खेत्छैन खेत भरि देख्दछु वारिपारि ।
वारी म जाकि अब द्यौ तिमि बारिबारी ।।

X x x

कला छ सब अङ्गमा सुन प्रिये बडा रङ्गमा ।
सखी लियर सङ्गमा जब हिडयौं तिमि जङ्गमा ।।
कुरङ्गनयना भनी अरज गर्छु यै ढङ्गमा ।
सुनीकन तरङ्गमा झलक देउ नौरङ्गमा ।।

X x x

भर्खर्की कटि केसरी सटकमा हिंड्दा अगाडी परिन् ।
तड्क्याँ मो उछिन् भन्र जब ता भारी दया पो गरिन्
साङ् भाचेर फरक्क फर्कि तिनीले एक पल्ट हेरी दंदा ।
अम्रिभत्को रस तेस्बखत् मकनता पीरा र तीता भया

X x x

सुँघन सुँघन यस्को बास कस्तो मजाको ।
रस झिकिकन यस्को क्यै नमानेर झर्को ।।
तर कदर तिमील् कत्तिको चाखि गर्छौ ।
भ्रमर तिमि म ता हू फूल यत्ती विचालयौ ।।

X x x

अबत घडि तिनेक्‌गो राति ह्यौं बात गर्दा ।
मन पनि अति पग्ल्यो दर्दको फर्द हेर्दा ।।
दुइ घडि निशिजाँदा प्यारि, कत्ती नतर्सी ।
यत्ति त अब नबिर्सी भेट् गरे भोलि पर्सी ।।

धेरै भो किन भेट् हुँदैन हुनता सैहातका गिर्दमा ।
बस्छौपल्ट छ एक एक दिनमा हिंड्छौं दुवं गल्लीमा
यो लेखीकन पुर्जि आज दिइयो हेरेर हाँस्ती भइन् ।
क्यै उत्तर् नदियेर कम्मर विषे खाली घुसारी दिइन् ।।

वय भने विस हा विष हैन त्यो ।
कमल हो कि विनामुख ह्वैन त्यो ।।
अमृतको पनि चाख् उडिगो ममा ।
अब भने मत हेर्दिन चन्द्रमा ।।

सुन सखी भ्रमरी कहिं देखियो ।
रसुरभरी म उपर्अति लोभियो ।।
कमलका छलले मुखमा बस्यो ।
भ्रमरले मकनै बहुतै डस्यो ।।

X x x

बाला पहीरि सुनका किन आज वाला ।
गाला पनी चहकिला गरिदिन्छ हाला ।
काला भने अलि नभै अति साफ् छ छाला
माला कतातिर गयो ननिको छ चाला ।।

एक दिन् पानी पर्योि उधुम्‌सित जसै खोला र नाला बढे ।
बिघ्नै तोड्सित बाग्मती पनि बढिन् पानी किनार्मा चढे ।
भर्खर्की कटिकेशरीकनतहाँ सोध्याँ भइन् झैं बनी ।
यो पानी तिमि सानि कसरी जंघार तर्छयौ भनी ।।

शरिर पनि कनक्को रङ्ग झैं टल्कियाको ।
मनकसि पनि मेरो जाँच्न खूप् पल्कियाको ।।
अब किन सुन ताहाँ यो कसी राख्नु याहाँ ।
सुनकन कसिलाउँ त्यो मिल्छ काहाँ ।।

ऊ हेर ती त संगिनी बहुतै चलाक् छन् ।
आज्कालका समयका बढिया कवि छन् ।।
एकान्तमा मकन झट्ट समाइ लिन्छन् ।
के के भनूँ मकन भन्नु न भन्नु भन्छन् ।।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)