भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मेरो सम्बोधनमा इन्द्र (इन्द्रकमल) / कृष्ण पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

१. तिमी फूल !
— गमलाभरी फुल्छौं
हाँगाहरुमा झुन्डिनु मेरो आँखाको
— मायालु पत्रहरुको (पत्रदल)
ओसारेर सिउरिन्छ भाइले
— फाइलिङ्ग फूलदानमा, फूलदानभरी
लिली, सयपत्री, सुनाखरीसँगै
— कुम जोडेर खापै खाप÷खापै खाप

२. माया हो बिझाउँछ
— रात लम्बिन्छ रे !
सुगन्ध ओडेर आउनु सुटुक्क
— घर पछाडिबाट, अनि घुमौंला
हो ! घुमौंला जुनेली सडकहरुमा
परिवारहरुका कुराहरु गर्दै
तिमी र म
(फूल र मान्छे)
कसरी कुरा गर्ने ?
कसरी कुरा गर्ने ??
यौटा अप्ठेरो परिस्थिति, झन अप्ठेरो भइदिन्छ ।

जात नमिलेका हामी दुबै !
जात नमिलेका हामी दुबै !!
? आउँछ मेरो बा’को
          अनि आमाको
फुल्यौं, केही छैन (जिउनु हो)
छामी राख मुटुहरुमा
— उत्तर ठीक पारेर माया
माया (तिमी र म)बाँच्ने
   जिन्दगी२

३. मेरी फूल !
कीरा लाग्छ संस्कारको
— यो धुम्म हुनु अनुहारमा
आज देखेको तर्केर
— कसैको दौराको तुनामा, हात हातमा
(उफ ! शंका फूललाई
– म – लाई
जीवनलाई – जी – वन – लाई)
जी


उमेर नाप्छु !!
शंकाले अस्तित्वलाई चिमोट्छ
दुखिदिन्छु मासु स्नेहको
– त्यसैले –
तिमी र म कहिल्यै नदुख्ने !
कहिले नदुख्ने तिमी र म !!

(फुली दियौं, फुल्छौ)
४. अब नयाँ कमीज सिउँछु
— दुई खल्ती बनाएर, देब्रे खल्तीमा
ढुंगा झिकेर फूल राख्छु तिमीलाई !
स्वीकार छ ?
— फूल राख्छु तिमीलाई !!
तिमी फूल !
— गमलाभरि फुल्छौं
हाँगाहरुमा झुन्डिनु मेरो आँखाको ।