भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

रुख – १ / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म हेरिरहेको छु रुखलाई।
 
रुख टुक्राटुक्रामा बाँच्दैन।
जबसम्म बाँच्छ,
जीवनलाई सम्पूर्णतामा आफूमा समाहित गरेर बाँच्छ।
 
घाममा घाम खान पाए पुग्यो
पानीमा पानीसँग भिज्न पाए भयो
आफ्नो आकारभन्दा ठूलो छैन उसको भोक।
 
हावामा, हावासँगै हल्लिन्छ
जून आए जूनसँगै रम्छ,
नआए अँध्यारासँगै खेल्छ।
उसलाई जराभन्दा टाढाको केही भेट्‍नु छैन
जरा उखेलिएर आकाशमा उडेको कल्पना गर्दैन रुख।
जरा जति उभिने माटो पाए चाहिँदैन उसलाई केही
हाँगा र पातभन्दा ज्यादा सपना देख्दैन रुख
छर्दैन रहरहरूलाई आफ्नो सामर्य् भन्दा टाढा पुग्नेगरी।
 
बाँच्नुको दौडधुपबाट लखतरान
मन, मस्तिष्क र शरीर सबैतिर थकित म
थ्याच्च बसेर भुइँमा
जून उदाउँदो आकाशको पृष्ठभूमिमा हेरिरहेछु रुखलाई।
 
रुख उभिइरहेछ निर्धक्क, निस्फिक्रि।