भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धुस्वाँ साय्‌मी / परिचय

12,760 bytes added, 09:46, 21 नवम्बर 2018
'{{KKRachnakaarParichay |रचनाकार=धुस्वाँ साय्‌मी }} '''धुस्वाँ साय्...' के साथ नया पृष्ठ बनाया
{{KKRachnakaarParichay
|रचनाकार=धुस्वाँ साय्‌मी
}}

'''धुस्वाँ साय्‌मी परिचय'''

धुस्वाँ साय्‌मी नेपाली परिवेशमा एउटा स्वाभिमानका प्रतीकको नाउँ मानिन्छ । उनी प्रष्ट विचारका धनी थिए । सकरात्मक सोच उनको जीवनको नैर्सर्गिक विशेषता थियो । उनी जातभात, लिङ्ग, धनसम्पति र ओहोदाभन्दा असल मान्छेलाई मन पराउँथे । त्यसैले उनीमा केटाकेटीलाई पनि साथी बनाउँने खुवी, युवायुवतीसँग पनि मित्रता राख्ने हैसियत र प्रौढसँग पनि आत्मीयता जोड्ने कला थियो ।

साय्‌मीको जन्म नारायणबहादुर मानन्धर र दानमाया मानन्धरका सुपुत्रका रुपमा १९८७ साल जेठ १० गते काठमाडौंमा भएको थियो । अनि यिनको वास्तविक नाउँ गोविन्दबहादुर मानन्धर हो । उनी सानैदेखि मन, वचन र कर्मका धनी मानिन्थे ।
साय्‌मीको विवाह वसुन्धरादेवीसँग भएको थियो । यी दम्पतिले चार छोरा र एक छोरी जन्माए । यिनीहरुका सन्तानमध्ये दीपक मानन्धर नेपालको र्सार्वजनिक संस्थानअर्न्तर्गतको प्रशासनको सुनाउँ बन्यो । उनकी पत्नी सरिता मानन्धर पनि नेपालकी ब्यूटिसियनमा चर्चित भइन् । प्रा.डा. प्रकाश साय्‌मी पनि नेपालको चिकित्सा क्षेत्रमा त्यतिकै प्रशस्तीको नाउँ बन्यो । उनकी पत्नी डा.गीता साय्‌मी पनि त्रिवि, शिक्षण अस्पतालमै प्याथोलजी विभागकी प्रमुख भइन् । नेपालका प्रख्यात मुटु विशेषज्ञ प्रा.डा.अरुण साय्‌मी चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन भए । अनि उनकी पत्नी जमूना साय्‌मी त्रिवि शिक्षण अस्पतालकी मेट्रोन छिन् । साथै अनिल मानन्धर पनि डब्लुडब्लुएफको कन्ट्री डाइरेक्टर बने । त्यसै गरी धुस्वाँकी एउटै छोरी मीला साय्‌मीले पनि र्सार्वजनिक प्रशासन पढिन् र आफ्नो कार्यमा उच्च स्थान राखेकी छिन् । त्यति मात्र होइन धुस्वाँका मावलीदेखि भान्जाभान्जीसम्म प्रायः सबै नामी भएका छन् । त्यसो त नेपालको मानन्धर समुदायमा धुस्वाँ साय्‌मीको सम्पूर्ण परिवारले गरेको उल्लेखनीय प्रगति उदाहरणीय समेत मानिन्छ । यस अर्थमा समाजशास्त्रीय मान्यतामा यस परिवारले गरेको अभूतपूर्व शैक्षिक प्रगति अनुसन्धानको विषय समेत बनेको चर्चा गरिन्छ । अझ खासगरेर चिकित्सा क्षेत्रमा चाहीं साय्‌मी वंशको प्रखर सहभागिता नै देखिन्छ ।

साय्‌मीले त्रिभुवन विश्वविद्यालयमा झन्नै चौतीस वर्षप्राध्यापन गरे । उनी चार वर्षभारतमा नेपालको साँस्कृतिक सहचारी भएर काम गरे । अनि उनी चारै वर्ष नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य रहे । काम गर्दै जाँदा समाजका विविध ठाँउमा उनको पहिचान पनि त्यस्तै रहृयो र नेपाली समाजमा उनको नाउँले जरा हाल्यो ।

उत्साह, जोश र उमङ्ग साय्‌मीका मिल्ने साथीभाइ थिए । त्यसैले यिनको उत्साहले सधैँ शिखर टेकिरहृयो । वास्तवमा उनी जतिजति माथी जान्थे त्यतित्यति नम्रताले शिर झुकाउँदै निहुरिन पनि जान्दथे । उनी सादा थिए तर रसिला थिए । उनी प्रायः नहाँसी कुरा गर्दैन थिए । वास्तवमा नै उनी सकरात्मक विवेकका लखपति थिए ।

साय्‌मीले नेपालकीहरुसँग मात्र घाँटी जोडेनन् । उनले भारतीय प्रसिद्ध साहित्यकार अमृता प्रीतमदेखि कमला साङ्कृत्यायनसम्म नै जीवनको साइनो गाँसे । साथै अमृता प्रीतमले पनि यिनको सधैं जयजयकार गरिरहिन् । वास्तवमा अमृता प्रीतमले त यिनलाई सारै मन पनि पराएकी थिइन् । उनले 'अदालत' नामक आफ्नो उपन्यासमा धुस्वाँ साय्‌मीलाई नै पात्र बनाइन् । हिन्दी भाषासाहित्यको प्रख्यात उपन्यास 'अदालत' धुस्वाँको जीवनको नै सेरोफेरोमा लेखिएको थियो ।

साय्‌मीले नेपाली भाषा साहित्यको एउटा अमरप्राज्ञका रुपमा पनि आफूलाई पूर्ण गराए । उनी खाँट्टी नेपाली मात्र थिएनन् । वास्तवमा उनीभित्र नेपालै नेपाल मात्र थियो । उनी एउटा मौलिकताले भरिएका स्रष्टा थिए र स्रष्टा पनि कस्ता थिए भने केही भाषा यिनको पेवा झैँ मानिन्थ्यो । नेपाली भाषाका सिद्धहस्त भएर पनि नेवारी भाषासाहित्यका पनि उनी गणेश नै थिए । उनले अङ्ग्रेजी भाषासाहित्यमा पनि आफूलाई उभ्याए भने हिन्दी भाषासाहित्यमा पनि आफ्नो नाउँ राखे ।

साय्‌मीले बीस हजार जति कविता लेखे । उनले केही कथा लेखे, अनेकौं निबन्ध लेखे र नाटक पनि लेखे । उनले नेपालभाषा, नेपालीभाषा, हिन्दीभाषा र अङ्ग्रेजीभाषा गरेर झन्नै तीन दर्जनजति किताव लेखे । उनको नेपाल भाषामा लेखिएको गङ्की नामक उपन्यास धेरै नै चर्चित भयो । यस उपन्यासको आठ भाषामा अनुवाद भयो । त्यही उपन्यासको नाउँ जोडेर उनले आफ्नी दिवङ्त पत्नीको नाउँ राखेर 'गङ्की वसुन्धरा प्रतिष्ठान'को स्थापना गरे । वास्तवमा उनकी वसुन्धरा अति असल, सरल र सौम्य थिइन् । उनैले धुस्वाँ साय्‌मीलाई नेपालको प्रसिद्ध नागरिक वनाउने पार्श्व भूमिका खेलिन् । तर उनले आफ्नी परीलाई आफू बाँचुन्जेल आफ्नो अँगालोमा बाँध्न सकेनन् । उनकी प्रिय दिवङ्गत भएपछि करिब दुइ दशकसम्म उनी एकल बने ।

साय्‌मीका हातमा मसीरुपि सीप थियो, उनको साथमा सृजना रुपि सीप थियो र उनका बाटोमा साथीसङ्गीनी रुपि सीप पनि थियो । त्यसैले उनी भौतिक रूपमा कहिले पनि एक्ला देखिएनन् । उनी भित्रभित्रै रोए पनि बाहिरबाहिर हाँस्न सक्थे । उनीभरि उनका सीपहरू पनि बटारिरहन्थे । यतिहुँदाहुँदै पनि उनी २०६४ साल पुस २ गते काठमाडौमा स्वर्गीय भए ।

नेपाली उखानमा बाँच्ताका जन्ती र मर्दाका मलामी भनेझैँ साय्‌मी बाँचुन्जेल धेरैका हाईहाई भए । साहित्य लेखेर उनी चारैतिरबाट पुरस्कृत, सम्मानीत र अभिनन्दित भए । खास गरेर नेपालका थुप्रै प्राज्ञिक संस्थाहरूले एकै स्वरमा उनको जय पनि मनाए ।
अन्ततः नेपाली साहित्यमा त्यस कालखण्डको एउटा सवल हस्तीका रुपमा चिरकालसम्म अक्षय रहने नाउँ भयो- धुस्वाँ साय्‌मी । अर्कातिर नेपाली भाषासाहित्य, नेवारी भाषासाहित्य र हिन्दी भाषासाहित्यका बीचका महत्वपूर्णसेतुका रूपमा उल्लेखनीय, उदाहरणीय र चिरस्मरणीय व्यक्तित्वको नाउँ नै धुस्वाँ साय्‌मी हुन गयो ।

'''स्रोतः [http://www.nai.com.np/contents.php?id=317 नई प्रकाशन - धुस्वाँ साय्‌मी ]''' २१ मंसिर २०१८
Mover, Reupload, Uploader
6,364
edits