भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नयराज पन्त / परिचय

13,834 bytes added, 09:39, 22 नवम्बर 2018
'{{KKRachnakaarParichay |रचनाकार=नयराज पन्त }} '''नयराज पन्त परिचय'''...' के साथ नया पृष्ठ बनाया
{{KKRachnakaarParichay
|रचनाकार=नयराज पन्त
}}

'''नयराज पन्त परिचय'''

कृष्णदत्त र यज्ञप्रिया पन्तका सुपुत्र नयराज पन्तको जन्म १९७० साल साउन २६ गते काठमाडौंको महाबौद्धमा भएको थियो । पण्डित कृष्णदत्त त्यस जमानामा विद्वानमण्डलीमा सुविख्यात थिए । काठमाडौंदेखि कासीसम्मका विद्वानगणमा उनको बराबर चर्चा हुन्थ्यो।

नयराज पन्त जन्मेको डेढ वर्षमा नै कृष्णदत्त स्वर्गीय भए । त्यसपछि यज्ञप्रिया आफ्नो नाबालक छोरो बोकेर माइत गइन् । त्यही नै नयराज पन्त हुर्के, बढे र पढे । मामाघरमै १३ वर्षा पन्तको जनकराज पण्डित -पाण्डे)की छोरी १२ वर्षी बुधकुमारीसँग विहे भयो । पन्तदम्पत्तिबाट दुईछोरा महेशराज पन्त तथा दिनेशराज पन्त अनि तीन जना छोरी अम्बिका, धन र अमिताको जन्म भयो ।
पन्तको आफ्नी आमाका बुबा भुवननाथ पाण्डेबाट अक्षराम्भ भएको थियो । पन्तले सानैदेखि मामलका तिनै हजुरबुबाको आडमा ज्योतिष र इतिहास विषयक ज्ञान आर्जन गर्न थालेका थिए । वास्तवमा उनका हजुरबाबु यी दुवै विषयमा संलग्न भएका कारण पन्तले पनि त्यही बाटो मात्रै समाइरहे । उनैको वातावरण, भावना र हुटहुटीले नै पन्तले वाल्यकालदेखि इतिहासमा चासो राखेका थिए । आफ्नो शैक्षिक अनुभव आर्जन गर्नचाहिं उनी कुमारी चोकको भाषा पाठशालामा भर्ना भए । अनि उनी स्रेस्ता पाठशाला पनि पुगे । त्यसपछि उनको पढाई रानीपोखरीको संस्कृत पाठशालामा हुन थाल्यो ।

पन्तले आफूले जानेको विद्या आफ्ना टोलका आफूभन्दा सानाहरूलाई पनि सिकाउँथे । उनी फकाईफकाई बालबच्चा पढाउँथे तर ट्युसन पढाउँदा कसैसँग पैसा लिदैन थिए ।

पन्तले काशीको राजकीय संस्कृत पाठशालाबाट गणित ज्योतिषमा आचार्य गरे र उनी त्यसमा प्रथम श्रेणीमा प्रथम भएका थिए । त्यही क्रममा यिनले संस्कृतको धेरै नै अध्ययन गरेका थिए । वास्तवमा त्यसै बेला उनी संस्कृतभाषा लेख्न र बोल्नमा सिद्धहस्त पण्डितका रूपमा नै प्रस्तुत भएका थिए । साथै यिनले अङ्ग्रेजी साहित्यको पनि विशेष अध्ययन गरेका थिए । अनि हिन्दी भाषाको लेखापढीमा पनि उनको दिलचस्पी थियो ।

आचार्य गरेपछि पन्तले रानीपोखरीको संस्कृत पाठशालामा काम पाए । त्यहाँ उनी ज्योतिषको अध्यापक थिए । सरकारी स्कुलमा काम गर्न थालेपछि उनको दिनचर्या पनि राम्रो हुन थाल्यो । उनको कामले उनी आफै पालिने अवस्थामा अनुवाद हुन थाले । त्यसपछि उनी लेखन र सम्पादनमा पनि जुट्न थाले ।

पन्तको योगदान वाल्मीकि विद्यापिठमा पनि पुग्यो । त्यहाँ उनी नेपाल सरकारको प्रथम श्रेणी अधिकृत स्तरका प्राध्यापकका नियुक्त भए । अनि उनले त्यहाँ झन्नै सत्र वर्षसेवा गरे । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत अन्वेषणमा पसे । अनि उनी खगोल गणित ज्योतिषमा संलग्न भए । त्यसपछि उनको योगदानको चर्चा राजदरबारसम्म पनि पुग्यो । परिणाम स्वरूप उनी झन्नै पन्ध्र वर्षम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा आबद्ध भए ।

पन्तले नेपाली भाषासाहित्यको उत्थानका लागि किशोरावस्थादेखि आफ्नो गच्छे रोपे । उनको जागरणका कारण उनी नेपाली भाषा प्रकाशनी समितिको सदस्य पनि भए । त्यहाँ पनि यिनले आफ्नो मन, वचन र कर्म अर्पण गरे । आफू इतिहासमा जागरुक भएपछि यिनको समेत पहलमा २००९ सालमा संशोधन मण्डलको स्थापना भयो । त्यसपछि उनी एकोहोरो त्यहीं लागिरहे । दिनेशराज पन्तका अनुसार त्योभन्दा अघि नेपालमा विशुद्ध इतिहास लेख्ने चलनै थिएन ।

पन्तले नेपाली परिवेशमा समर्पित रहीे सेवा गरेबापत गोरखादक्षिण बाहु प्रथम ग्रहण गरे । त्योभन्दा अघि नै यिनले महेन्द्र विद्याभूषण पाइसकेका थिए । साथै उनले त्रिभुवन प्रज्ञापुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, मदन पुरस्कारलगायत विभिन्न प्राज्ञिक, वाङ्मयी र सामाजिक सङ्घसंस्थाबाट सम्मान, अभिनन्दनहरू ग्रहण गरिरहे । साथै पन्तलाई २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधी -डीलिट) प्रदान गरिएको थियो ।

पन्तले जीवनमा सकेसम्म एक इन्च पनि आफूलाई बराल्ने काम गरेनन् । उनले सधैं प्राज्ञिक काम मात्रै गरिरहे । युवाकालदेखि उनी लेखनमा मात्र नै प्रायः समर्पित भइरहे । उनले जसरी इतिहासलाई सही दिशा दिन कम्मरमा पटुका कसे यस काममा उनी सफल पनि भए । किनभने उनी सत्यदेखि पछिहट्तैन थिए । उनी आफूलाई सही लागेको कुरा नै बोल्थे र त्यस्तै लेख्थे । उनी लोभानी र पापानीमा पनि कहिले लागेनन् । साथै अहम्, आडम्बर र घमण्डमा पनि उनी कहिले फसेनन् ।

पन्तले फुटकर रुपमा कविता र प्रबन्ध लेखे । धेरै चाहिं उनले इतिहास नै लेखे । उनका इतिहास विषयक पुस्तकमात्र पन्ध्रवटा प्रकाशित भए । साथै उनीद्वारा लिखित ज्योतिष विषयक कृतिहरू मात्र दसवटा प्रकाशनमा आए । उनीद्वारा लिखित संस्कृत वाङ्मयका बारे लेखिएको एउटा कृति पनि प्रकाशनमा आएको छ ।

पन्तले काम गरेर नै जस पाए । किनभने उनी कामका पक्का थिए । गर्छु भनेपछि उनले त्यो काम गरिछाड्थे । तिनै कामहरुको श्रृङ्खला जोडिएर उनी नेपाली वाङ्मयमा अत्यन्तै मर्यादित, विशिष्ट र श्रद्धेय व्यक्तित्व भए ।

पन्त इमान्दार थिए, नैतिकताका धनी थिए र उनको स्वाभिमान पनि त्यस्तै थिए । उनी कसैसँग खुम्चिँदैन थिए । कसैसँग केही लिनु छ भने उनी नीतिदेखि पर सरेर लिँदैन थिए । किनभने उनी मनुका विद्यार्थी थिए । उनका विषयमा स्नातकोत्तरमा शोध गर्ने अलका चालिसेले पनि मनुस्मृतिकै सिद्धान्तमा आधारित उनको जीवन पद्धती भएको ठहर गरिन्- "१. आफ्नो शरीरलाई धेरै कष्ट नदिइकन तथा निन्दित काम नगरीकन परिवारको पालनपोषण गर्नलाई पर्याप्त हुने धन जुटाउनु, २. स्वाध्यायमा खलल पार्ने खलका कुनै पनि क्रियाकलाप नगर्नु । जसोतसो गरेर अध्ययन अध्यापन कार्य जारी राख्न सक्नु नै विद्याव्यसनीको सफलता हो र ३. बुद्धि बढाउने, अर्थलाभ गराउने र आफ्नो हित हुने खालका शास्त्र तथा वैदिक ग्रन्थहरू पनि सधैं हेर्ने गर्नु ।"

पन्त सत्यसँग नै बाँचे । उनी असत्यसँग डगमगाउँदैन थिए । यसबारे उनको दर्शन थियो- "सत्य सधैं एकै हुन्छ । त्यही पद्धतीमा नै उनले नब्बे वर्षति यस माटोमा टेकेर विताए ।

कान नसुन्ने र अँखा प्रष्ट नदेख्ने भए तापनि पन्त सकिनसकि आफ्नो यात्रामा घस्रिरहे । संस्कृत र नेपाली साहित्यमा लडिबुढि खेल्दाखेल्दै उनको स्वास्थ्यले साथ दिन पनि छाड्यो । अन्ततः २०५९ साल कात्तिक १८ गते काठमाडौंको आर्यघाटमा उनको स्वर्गारोहण भयो ।

'''स्रोतः [http://www.nai.com.np/contents.php?id=331 नई प्रकाशन - नयराज पन्त]''' २२ नोभेम्वर २०१८
Mover, Reupload, Uploader
6,364
edits