भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

हामीले आकाश मागेको होइनौँ / नोर्देन रुम्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हामीले आकाश मागेका होइनौँ
हामीले वतास मागेका होइनौँ
थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको
हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको
हामीले त हाम्रो आँसु माग्यौँ,
बाबु-बाजेका करङ्ग र मासु माग्यौँ
सानो कुरा होइन यो (ठाउँ)
दार्जीलिङ दार्जीलिङ ।


उजेली पनि लग्यो, अँधेरो पनि लग्यो
पानी पनि लग्यो, पँधेरो पनि लग्यो
हाम्रो जिन्दगीको टुक्रा टुक्रा लग्यो
हाम्रो रुखको बोक्रा बोक्रा लग्यो
बिक्री गर्यो हाम्रो टिकाहरू
त्यही हो यदि यो शासनभने
तिम्रो नै सिंहासन भने, हामी बस्दैनौँ, तर खस्दैनौँ
एक सोर, एक माग हाम्रो गर्खाल्याण्ड
कसले लग्यो हाम्रो सुन?
ताँदीदेखिको, कसले लुट्यो चन्द्रहार चाँदीको
रूने आँखा पनि छैन, अब
न चाँप छ, न गुराँस, न एउटा चोखो बाँस
हाम्रो चौतारीमा घाम लाग्दा अरू बसेको हेर
हाम्रो आँगनमा फूल फुल्दा अरूले टिपेको हेर ।