भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

होश / गोपालप्रसाद रिमाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म मानिस आफ्नो खुशीले जन्मेको होइन,
आफ्नो खुशीले मर्ने पनि होइन।
यो ज्ञान कसलाई भएको हो साथी?
यो संसार सपना हो,
जीवन पानीको फोका हो,
यहाँ कोही पनि आफ्ना छैनन्,
जो छन् तिमीजस्तै नै जन्मेका हुन्।
तिमीजस्तै नै मर्ने हुन्।
यो वैराग कसलाई भएको हो साथी?
म सर्वसम्पन्न अर्थात् ईश्वर हुँ,
म भोगी हुँ,
म सिद्ध हुँ,
मजत्तिको अरु कोही छैन,
म मोज गर्छु।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाई भएको हो साथी?
म मानिस न त आफ्नो खुशीले जन्मेको हुँ,
म आफ्नो खुशीले मर्ने हुँ।
यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान
कसलाई भएको हो साथी?
कामी क्रोधीहरु आफ्नो मनोकामना
पूर्ण गनका लागि अन्यायपूर्वक
धन जम्मा गर्ने चेष्टा गर्छन्,
काम, क्रोध र लोभ यी तीन तमेद्वार हुन्,
यो होश कसलाई भएको हो साथी?
म त न आफ्नो खुशीले आँखा खोल्ने हुँ,
न आफ्नो खुशीले आँखा चिम्लने हुँ, साथी !
यो होश कसलाई भएको हो साथी?
जङ्गी निसान हाम्रो
रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो।।
हिमालझैंँ अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो।।
यो जन्मँदै जगत्मा कैयौंँ प्रहार आए।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो।।
जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो।।
गाईसरि छन् साधु जोजो यहाँ जगत्मा।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो।।