भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

"अलिकति मन त हो / कृष्ण पाख्रिन" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
पंक्ति 30: पंक्ति 30:
 
पिता पुर्खाको सम्पत्ति
 
पिता पुर्खाको सम्पत्ति
 
– म मात्र
 
– म मात्र
“एकोहं बहुस्यामः”
+
“एकोहं बहुस्यामः”<ref>म एक हु, तर मेरा रुप अनेक छन् </ref>
 
फगत माया बाँड्न सक्छु – तिमीलाई !
 
फगत माया बाँड्न सक्छु – तिमीलाई !
 
मनै त हो !
 
मनै त हो !
 
पिताको मानेमा कोही गएनन्
 
पिताको मानेमा कोही गएनन्
माताको मानेमा कोही जाँदै जाँदैनन्
+
माताको माने<ref>चिहान, तामाङ भाषा</ref>मा कोही जाँदै जाँदैनन्
 
पुर्खाको मानेमा कोही गएनन्
 
पुर्खाको मानेमा कोही गएनन्
 
थोरै मृत्यु हो
 
थोरै मृत्यु हो

08:49, 4 अगस्त 2019 का अवतरण


अलिकति मन त हो

माता भने पनि
पिता भने पनि
दाजु भाइ
दिदी बहिनी – छोरा छोरी र संसार भने पनि
जे – जे भने पनि
मनै त हो – अलिकति स्नेह – अलिकति माया हो
ठीकै छ !
तिमी दिन सक्दैनौं होला
के भो र ?
मसँग छ – अ.....लि.....क.....ति
यो बाँडेर तिमी लेउ
अलिकति म राख्छु
हाम्रो अंशबन्डा त्यही हो

मान ! तिमी मान !!
मसँग अरु के नै छ र ?
थोरै माया, थोरै स्नेह
पिता पुर्खाको सम्पत्ति
– म मात्र
“एकोहं बहुस्यामः”[1]
फगत माया बाँड्न सक्छु – तिमीलाई !
मनै त हो !
पिताको मानेमा कोही गएनन्
माताको माने[2]मा कोही जाँदै जाँदैनन्
पुर्खाको मानेमा कोही गएनन्
थोरै मृत्यु हो
थोरै मर्नु हो
(थोरै मर्नु तिमी पनि
थोरै मृत्यु मेरो पनि)
अलिकति माया – अलिकति स्नेह
जिन्दगीमा बाँडिराखौं !

मनै त हो तिमी
मनै त हो मपनि
अलिकति मनलाई
जति बढाउँछौं हामी – त्यो ब्रम्हाण्ड हुन्छ ।
अ – लि – क – ति घटाउ
त्यो मन खुम्चिन्छ — यौटा बिन्दुमा
केवल यौटा बिन्दुमा !
मात्र यौटा बिन्दुमा !!
त्यहाँ जाउ तिमी
तिमी मृत्यु पाउँछौं
म गए पनि यौटै मृत्यु पाउँछु !

भन तिमी ?
म कहाँ जाउ ??
मलाई भन
कृपया तिमी बुझ वा नबुझ
अलिकति मन छ मसँग
तिमी भन !
म कहाँ जाउ ?
तिम्रो पिता, पुर्खा र हामी
यौटै सन्तान÷यौटै परिवार — मानिसहरुको
(आदम र हौवाको)
अलिकति मन हाम्रो पुर्खामा थियो
त्यो तिम्रो सम्पत्ति हो
त्यो मेरो सम्पत्ति हो
अब त्यही मनलाई यो बर्ष भाग लगाउ !
अब त्यही मनलाई यो बर्ष अंशबन्डा गरौं !!
अब त्यही मनलाई यो बर्ष अंशबन्डा गरौं !!!
यौटा हाम्रो परिवारमा
चीनको नयाँ पर्खाल खडा हुनेछ ।
त्यही पर्खालमाथि
जिन्दगी बेसुरले कुदाऔं

केही छैन – केही छैन – केही छैन
मैले मन बिसाउन चाहँदा
मनको यौटा गह्रुंगो भारी
धेरै बिसाउने ठाउँ पाउन सक्छु
तर तिमी ?
तर तिमी भन ?
तिम्रो मन बिसाउने ठाउँ – कहाँ छ ?
मलाई भन !
मनै त हो – मलाई थोरै दुःख लाग्छ
तिमीले ठाउँ नपाउँदा
अलिकति मन त हो...........
आमा भने पनि
पिता भने पनि
दाजु भाइ
दिदी बहिनी – छोरा छोरी र संसार भने पनि
जे – जे भने पनि
मनै त हो – अलिकति माया हो
अलिकति स्नेह हो
ठीकै छ ।
तिमी दिन सक्दैनौं होला त
के भो र ?
मसँग छ – अ.....लि.....क.....ति
यो बाँडेर तिमी लेउ !
अलिकति म राख्छु !!
मनै त हो – अलिकति हामी बाँडि राखौं !!!
अलिकति मन त हो.................. ।
अलिकति मन त हो...................।

  1. म एक हु, तर मेरा रुप अनेक छन्
  2. चिहान, तामाङ भाषा