भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आँसु / भवानी भिक्षु

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:33, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


गरे चरितार्थ नेत्रमा ‘भाद्र’
यिनीहरुले सीके ‘सावन’
हृदयको पश्चाताप-सँदेश,
सुनाए सँधै यही, पावन ।

०० ०० ००

भावना थाले हृदयमा उम्लन,
विवशताहरु असीमित उरमा भए,
गरि उल्लंघन परेला-सीमा सबै,
श्वेत शुक्तिज मौन भै गुडिंदै गए ।

प्राणका उत्सर्ग आश्रय-हीन भै,
मुख लुकाएर जब व्यथाका काखमा;
चियाउन लागे सबै चीसा कथा,
लिई आर्द्र अमर्ष नेत्र-गवाक्षमा ।

प्रेमका क्रीडा भई व्रीडा सबै
खेल्न पाएनन् महत्का भित्रमा;
स्वर नपाई हृदयका उच्छ्वास ती,
क्रम समाते सबै थोपा-चित्रमा ।

दुःख दारुण घिनाए प्रतिकार-प्रति,
ती समाते सहज संयम-शीलता;
लय समाती अश्रुका तब तारमा,
मौन नै मुखरित भए शुचि शुभ्रता ।

करुण कोमल हृदय नातालाइ जब,
कुल्चिहाँस्यो व्यंग गरि सम्बन्ध नै;
स्वयंकै चिक्कार खाई लाजले,
डुब्नगो निज अश्रु मै मन बन्धनै ।

०० ०० ००

भङ्ग हुन्छन् प्राण-प्यारी आश जब-
हुन्छ अनुभव सर्वनाश-विराट्को;
छाति फारी उठ्छ चिच्याहट तर,
मूक मुक्ता भई झर्छ विषाद्को ।

रात्रि नीरकशून्य, तार क-खचित नभ
हेर्दै हुन्छन् प्रसारित कल्पना;
सास उठ्छन् शून्यतिर भै शुष्क, औ-
आर्द्र भै तल खस्छ चीसो चेतना ।

‘देवता’ सुनि मग्न हुन्छन् चेतना,
‘प्यार पूजा’ ग्रहण गर्दछ ‘भावना’
तर ‘घृणा’ लाई वरण गर्ने यिनै-
आँसु; दिन्छन् अञ्जली, भरि वेदना’ ।

०० ०० ००

हाँसने जून, ज्योत्सना भित्र,
हेरिराख्ने नभका व्यापार;
अकिञ्चन मौन-व्यथालाई
हेर्छ को ? व्यस्त यहाँ संसार ।

हाँस्छ ‍औ सुत्छ भनी यै विश्व-
“ कसैका साथी, को दुखभित्र ?”
यिनै निर्वलका समवेदना,
खस्तछन् पृथ्वीमा, सद्भित्र ।

यही हुन् निर्मल सुख-स्वीकृति,
यिनै दुखका साथी सुकुमार;
चम्की शैशवमा, ढल्ने वही
लिई लघु-अन्त ‘जगतका सार’ ।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)