Last modified on 4 अगस्त 2020, at 17:35

उदयलहरी श्लोक ८१ - ९० / ज्ञानदिल दास

भक्तिजन्‌को निन्दा कसैले नगर्नु॥
सबैले पर्न्याछ जेमलोक तर्नु॥
भक्तजन सित गुरु शशिधर स्वामी॥
पषालो मन ढकमन जामी ॥ ८१||

धनीछन् शिरमा मनासिप होइन॥
भक्तिजन्‌का हृदयामा पापकति छैन॥
रात दिन पाप अमित झै षान्छन्॥
सराप दिया आसिकै झैँ मान्छन्॥८२॥

सिरमा धनीछन् सतगुरू स्वामी।
पाप कुटि सक्या मुस्लो छामि-छामी॥
सन्सारको पाप षल गरि षान्छन्।
सतलोक धाममा हासि षेलि जान्छन्॥८३॥

नरले देषता विष सरि मान्छन्॥
सतको निसान षडा गरि जान्छन्॥
ऐसा थियो परंपद भुलि मात्रै बस्न्या॥
कलह गर्नु भन्दा कम्मर अघि करन्या॥८४॥

कलह भन्याको जेमराजको बीज॥
चन्चल मनलाई आसन् मुनि थीच॥
रातदिन टहल भक्तिजन्‌का पाउ॥
चन्चल छोडि येकै चित्त लाउ॥८५॥

येकै चित्त लाउनु दुर्लभ छ काँहाँ ॥
भक्तिजनको पालो फिर्‌यो जग माँहाँ॥
पापको रजाई अबछैन काँहाँ॥
होसियार रहनु कलिजुग माँहाँ॥८६॥

ऐले छ कि भरेछ भोलि छ मर्नु॥
जानि जानि पाप व्याथै किन गर्नु ॥
येकै चित्तलाई चाँडै अघि सर्नु॥
सतको हतियार्ली तम सित लर्नु ॥८७॥

गंगा र जमुना अगम अपार॥
चारवेद गीता वेदान्तको सार॥
सतगुरु स्वामी शशिधर जाहाँ॥
सतको निसान् फिरधी जग माहाँ॥८८॥

ज्ञानदिल जाग्यो आफ्ना कुलमाँहाँ॥
विष सरि भयो कुल कुटुम्ब काँहाँ॥
धन्येहौ मुनिसब निन्दा किन गर्छौ॥
अन्तेकालमाँहाँ ताहि पिछा पर्छौ॥८९॥

हुकुम भयो धनिको जगतमा आयो॥
जोगको रजाई उसै दिन पायो॥
चारजुगदेषि फकिर भयाको॥
लोभ पाप छोडि रातमा रह्याको॥९०॥