भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

"कविको हेर न मार्ग निराला / गोपाल पाँडे" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= गोपाल पाँडे |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 78: पंक्ति 78:
 
कविको - - - मार्ग निराला  !  
 
कविको - - - मार्ग निराला  !  
 
(१०)
 
(१०)
 +
 
(‘साहित्य स्रोत’ बाट)
 
(‘साहित्य स्रोत’ बाट)
('पद्य-संग्रह' बाट)
+
 
 +
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक  [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
  
 
</poem>
 
</poem>

16:24, 9 जुलाई 2018 के समय का अवतरण


सुन्दर कोमल बनस बिछ्याऊ,
स्वागत-सूचक पुष्प सुँघाऊ,
बस्तछ हा तर फङङ थलामा,
सुँघ्दछ त्यसकै वास मजामा,
हाँसोको त्यो लाउँछ माला,
कविको हेरन मार्ग निराला ।
(१)
राख गवैया र चरा खास,
खूब गवाऊ कविका पास,
झिकि झिकि राग र ताल मजाको,
झिमि झिमी कविता हुन्छ सुतेको
मनले गिरेको चढछ उकाला,--
कविको … … … मार्ग निराला ।
(२)
तप तप रसिलो बात सुनाऊ,
वरिपरि घेरा चीज लगाऊ,
सलवल जिभ्रो सबको हुन्छ,
खान्छ मजासितँ पूरी काला !
कविको - - - मार्ग निराला  !
(३)
सुख दिन आयो चाड जनायो,
झकमक पारी यात्रु हिंडायो,
मरण कसैको मनमा त्यल्ले
लेख्यो, पागल त्यो छ, त्यसैले
बेर्दछ जियमा टुक्रा टाला !
कविको - - - मार्ग निराला  !
(४)
हाट छ धनवान्, वस्तु छ सस्तो,
खाईलाई अदनै कस्तो,
मोटो घाटो घरमा ताजा !
तर कवि बन्दछ भनको राजा,
सुक्खा रोज्दछ शुष्क छ गाला
कविको - - - मार्ग निराला !
(५)
झलमला सारा हाउस राती,
किन्न् हेर्नेहरुको ताँती !
चटक र नाटक, थाना गफ छन्,-
तर कवि हट्तछ परपर झन्झतन् !
जुनमा शिवशिव हेर्दछ जाला !
कविको - - - मार्ग निराला !
(६)
औंसी रात छ मोसो जस्तो,
पर्दछ पानी झम झम कस्तो !- -
भन्दै दुनियाँ सुत्तछ मस्त,
तर कवि लेख्तछ-‘भो निशि अस्त !’
सुन्दर शीतल, गगन उज्याला !
कविको - - - मार्ग निराला !
(७)
आँसु वहाई खूब कराई,
वरिपरि घेर्दछ जब सबलाई,
कविको मनमा नायक जन्म्यो,--
खितितिति हाँस्तछ, जगतै थर्क्यो !
ठान्दछ दुनियाँ - ‘बेढव चाला !’
कविको - - - निराला  !
(८)
गर्दै बेढव अनुभव खालि,
जनको मनमा विजुली बाली,
झललल पारी कुहिरो फारी,
सत्य र सुन्दर नेत्र उघारी,
रच्तछ त्यसमा नव भवशाला
कविको - - - निराला !
(९)
सव्‌तिर जान हण्डर खाने,
हेय कुरामा पनि सतू लाने,
कवि हो जगको सेवक खास,
छर्दै हिड्दछ दिव्य मिठास !
हुन्न धनवान् कवितावाला  !
कविको - - - मार्ग निराला  !
(१०)

(‘साहित्य स्रोत’ बाट)

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)