भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ / बालकृष्ण सम

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:52, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


शण्ड – कुमार, पहिले जान, पढ विज्ञान बेसरी, त्यसै विषयमा बोल जानेर अनि, च्याट्ट यो सबके बीचमा ।

प्रल्हाद– (एकै छिनपछि ) एक एक हो, ज्ञान यो मिल्यो,
जीवनीभर के जप्तै जाने, त्यो-दुइ होइन –
तीन होइन - ? यो मैले जाने संसारमा हरि
एक हुन्, सत्य हो एक, उसकी ज्ञान एक हो,
अगाडि एकको शून्य अज्ञान र असत्य हो,
पछाडि एकको शून्य जति जोडयो अनन्त छ त्यो
असंख्य सत्य हो सोही हो विज्ञान-अनन्त छ
बढ्छ त्यो जति जोडिन्छ, जानी जानी नसक्नु छ,
एउटा विन्दु जान्नाले तृष्णवसागर बढ्दछ
अझ जान्न्, नजानिन्छ, -समुद्र परमाणुको
सूर्यकै आयुको निंति अगाध र अपार छ
विज्ञान कर्म हो, कर्म गर्नुपर्छ गरिन्छ त्यो,
परन्तु बुद्धिमानी हो ज्ञानी निष्काम पाउनु
त्यो कर्ममा छ विज्ञान आफू बाहिर, ज्ञान छ
आफू भिज्ञ, उ टाढा छ खोजीमा हिंड्नु पर्दछ,
तर यो छ कलेजामा आफूभन्दा समेत, या
यसमा मन फर्काई भित्रनै घुस्नु पर्दछ
नमर्ने हुन उद्द्योग जत्ति विज्ञान गर्दछ,
उत्ति गर्दछ यो ज्ञान, खालि भेद छ यत्तिमा
ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ !
('प्रल्हाद'बाट )

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)