भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तिमीले मेरा हात समाती / अभि सुवेदी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:55, 5 मई 2016 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


भक्तपुरीको अन्तपुरमा एक दिन तिमीले हात समाती
सपनाहरुका छाल उठेको एउटा नौलो युवक मलाई
तिमीले हिड्दै भित्र लगेको कविजी मेरो आरम्भ थियो
मेरो मनमा कविता राख्ने तिम्रो एउटा स्नेह थियो
 
भित्र हिटीमा ढुङ्गे धारा पानी बिना नै छलछल गर्थ्यो
रुख बिनाको उद्यानभरि नै हावा सर्सर गाइरहेथ्यो
मैले सोधें यो के कविजी कविता हो कि इतिहास
वा अहिलेको समय उठेको चेतनको नै उपहास?
 
तिमीले साना पत्थरमाथि आफना लामा अङ्गुल राखी
देखायौ त्यो एक नक्सा हो घाम हिडेको समय साक्षी
काष्ठकलाका अनुपम रेखा, आकृति जस्तै सपना बस्ने
मानिसहरुले सपना विपना आँधी जस्तै घरिघरि राख्ने
 
मैले त्यो दिन बोकिहिंडेको आधी सदीको गोरेटोमा
विश्व र यहींका भृ्मिमा हिंड्दा तिम्रो भाषा जीवनमा
धेरै थरिका बिम्ब मिसाइ लेखें मैले यस जगतिमा
तिम्रो जस्तो वाणी मिलाइ लेखिरहेंछु कवितामा
 
तिम्रो यस्तै प्रतिबिम्ब हिंडेका बाटाघाटा पर्खि बस्थें
तिम्रा नभका काकाकुलका बोली फुट्ने निलिमा हेर्थें
तिम्रा साँडे मस्त हिंडेको हेर्दै हिड्दा दशकौं गुज्रे
रात र दिनका लुकामारी विश्वव्यथाका सपना फक्रे
 
तिम्रै सुन्दर हरियालीमा हाम्रा सपना उठ्न सिके
कविजी तिम्रै वक्षस्थलमा मानिस चुम्ने कविता जन्मे
यो जगतिको कोलाहलमा तिम्रा कविता बोकी हिड्दा
ह48डर भोगी हिड्नेहरुले पनि जुन् जीवन पाए
 
तिम्रा कविता तिम्रा सपना सरल समाधी कर्म र बोली
सबको एउटा निर्मित रुपको आज मनाऔं एक सताब्दी
कसरी आज म छत्तीस लागें भन्ने तिम्रा कौतुहलका
आज म देख्छु ज्योति तरङ् नाच्ने नुतन आँखा युगका
 
आज बुझेको मैले कविजी यत्ति एउटा ज्ञान रहेछ
जीवन भन्नु खोला जस्तो मनुजहरुकै गीत रहेछ
त्यही नै देख्यौ त्यही नै लेख्यौ हाम्रो सपना त्यसले बुन्छ
भक्तपुरको अन्तपुरमा तिम्रो दीक्षा नभमा उठ्छ।