भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

भजन / मञ्जरी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:36, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हे जगन्नाथ विश्वव्यापी नाथ प्रभुको पाउको,
भक्ति गर्नै मन नलाग्ने कुन जनमको पाप हो ।
हा वितेको आयु मेरो सम्झंदा मन रुन्छ यो,
भूल सारा माफ पाऊँ हे दयालू, है प्रभो ।
हा, गरें निन्दा अरुको, छोडी कीर्तन नाथको ।
लौ न स्वामी क् गँरु हा रुन्छु साह्रै फिक्री भो ।
खालि हिंसा स्वादमा नै नित्य जिभ्रो लठ्ठ भो,
नाथ प्रभुको नाम रसको स्वाद नपाई बिग्रियो ।
खास अमृत-तुल्य मीठो सुन्नछोडी कीर्तन,
नित्य निन्दा मात्र सुन्दै कात व्यर्थैको भयो ।
राम पाउमा चढेको फूलको खुस्बू तजी,
खाली अत्तर मात्र रोज्ने नासिका बेकाम भो ।
असल काममा लाग्न छाडी अशुभ गर्ने हात यो,
माफ बक्सी भूल अघिको शरण लेरऊ हे प्रभो ।
तीर्थयात्रा गर्न छोडी पाउ चल्ने स्वार्थमा ,
लाग्छ पछुतो के गरु लौ शरण आएँ नाथको
मन बगैंचामा फुलेको पत्र तुलसी मञ्जरी
प्रेम धागोमा उनेर लौ चढाएँ यो ।।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)