भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

भ्रान्ति / गोपाल सिंह नेपाली

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:56, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज



ओडारसित, सोधें, “मान्छे कहाँ गयो ओडार ?”
ओडारले भन्यो, “कुन्नि तलतिर ओर्ल्हेको मात्तै म जान्दछु ।“
“कुटी, मान्छे यहाँ अएको थियो ?”
“हो, किन्तु पानी खाएर आउँछु भनेर गएको मान्छे, अहिले- सम्म केही पत्तै छैन !”
“मूलधारा, मान्छे कहाँ गयो भन त ?”
हिड्नुहोस्, म देखाउँछु ।“
“अगाडि-अगाडि खोलो, पछि-पछि म-समुद्रमा पुथ्यौँ ।
खोइ त मान्छे ?” मैले भने ।
“ऊ उतापट्टि ! भनेर लहरहरुले उसपार देखाइ दिए । उसपार जाँदा मन्दिर-भन्छ, “यता नआ यता नआ म्लेरुछ ।“
नभागेको भए मस्जिदले झण्डै मेरो टाउको काटेको
गिर्जा मलाई देखेर हाँसी मात्तै रुहने !
धर्म भन्छ, “तँ कुन ?”
विज्ञान भन्छ- “तँलाई के खाँचो ?”
राजनीति भन्छ, “त्यसो नभन विज्ञान, यसलाई समात्नु पर्छ ।“
घुम्दा-घुम्दा थाक्न पनि थालें । रुख मन्तिर बसेर केही फल खान लागेको थिएँ कि दुइ-तीनोटा मान्छे पानी भर्न भनी जलाशय-तिर आउँदा रहेछन् । एउटालाई टयाप्प समातेर हिंड जाउँ भनेको त मान्छे आफूलाई पनि नचिन्ने ! मैलाई भन्नलागे तँकुन ?”
म कुन त--लौ भन ?


(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)