भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

"युवक ! / कुलमणि देवकोटा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुलमणि देवकोटा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 98: पंक्ति 98:
  
  
('पद्य-संग्रह' बाट)
+
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक  [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
 +
 
 
</poem>
 
</poem>

20:24, 9 जुलाई 2018 के समय का अवतरण


तँ देख्तैनस्,
तँ देख्तैनस् यहाँ क्यै
तेरै चमकदार दुइ नजरले ?—
दृष्य यो वीभत्स रे वीभत्स !
कंकाली विषमता !
घोर रौरव नरक रे !
न देख्ने,
चोर होस् !
डाँका तँ होस् !
भू-ताप !
हैनस् युवक रे !
तँ आफैं फोर् नजर, तेरै
दुवै ती चोर औंलाले !
तँ मर् रे !
तँ सुन्दैनस्,
तँ सुन्दैनस् यहाँ क्यै
तेरै खुला ती तीक्ष्ण कानले ?-
गगनको हृदय चिर्ने चर्र !
दिग्गज-वधिर-कारी जय हाहाकार !
करुण चित्कार रे !
न सुन्ने,
चोर होस्
डाँका तँ होस् !
भू-ताप !
हैनस् युवक रे !
तँ आफ्नै कान चिर आफैं
तेरै दुवै ती वुद्ध औंलाले !
तँ मर् !
तँ सुंघ्दैनस्,
तँ सुंघ्दैनस् यहाँ क्यै
तेरै खुला तीखा सफा दुइ नाकले ?—
हवा मूर्च्छा-कार,
अकालैमा सडेका
व्यूह—संस्कृति—मनुजका
यी लाशका दुर्गन्ध रे !
न सुंघ्ने,
होस्‌तँ नै मुर्दा
घृणित भूको !
सडेको लाश दुर्गन्धी !
तँ आफ्नै नाकमा
निर्धक्क कोच् निर्चक्क ! आफैं
तेरै दुवै ती मध्य ‍औंला !
मर् तँ रे !
तँ बोल्दैनस्,
तँ बोल्दैनस् यहाँ क्यै
तरुण, वागीश्वर
त्यो आफ्नै पूत मुखले ?—
वजनदार,
सरल, वह्रि प्वाल,
असत् को तीव्र दुत्कार,
सत्य नाङ्गो सक्रियले !
नबोल्ने,
होस् भयङ्कर एड !
पृथ्वीको, तँ, आमाको
मृदुल छातीमा
तँ निर्मम बज्रिएको माथिदेखिन्
जोडसँग
अती ठूलो गह्रुङ्गो एक ढुङ्गो !
कसी मुठ्ठी
दुवै हातमा तँ आफ्नै जोडदार
मुखमा त्यो तेरो
तँ आफैं नै घुसार ! कोच् !
बलजफतले हात तेरै !
मर् तँ रे !
तँ पाउन्नस्,
तँ थाहा पाउँदैनस् के यहाँ क्यै
तेरै उज्यालो, चैतन्य, आत्माले  ?—
 सधैं, ताली नबज्ने एक साथ !
र्यासङ् व्याङ् नमिल्ने !
अनेकौं श्रृङ्खलाका नित्य तानातान रे !
अनि यी सबैलाई मिटाउन
एक ठूलो क्रान्ति,
परिवर्तन विराट्,
उत्साह नव नव, गर्नुपर्ने ! धर्नुपर्ने !
नथाहा पाउने,
होस् तँ खाँदो और पिउँदो,
हिंड्दो र बस्दो
सुत्दो र उठ्दो,
रुँदो र हाँस्दो,
चल्मलाउँदो,
सास फेर्दो,
जीवन्त यौटा मृत्यु रे !
जा, जा रे !
बलीयो एक डोरी ली,
गई एकान्त वनमा,
लुकीकन,
आत्महत्या गर् तँ आजै रे !


(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)