भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

"रहर / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
पंक्ति 9: पंक्ति 9:
 
<poem>
 
<poem>
  
रहरहरू खेलिरहन्छन्‍ निरन्तर।
+
रहरहरू खेलिरहन्छन् निरन्तर।
 
   
 
   
 
म हेरिरहेछु,
 
म हेरिरहेछु,
पंक्ति 18: पंक्ति 18:
 
फुटाउँछन् मनमा भएका खेलौनाहरू ती
 
फुटाउँछन् मनमा भएका खेलौनाहरू ती
 
कोतर्छन् मनका भित्ताहरू ती
 
कोतर्छन् मनका भित्ताहरू ती
कोट्याउँछन्‍ मनका पत्रहरू र धुजाधुजा पारेर फ्याँक्छन् ती।
+
कोट्याउँछन् मनका पत्रहरू र धुजाधुजा पारेर फ्याँक्छन् ती।
 
   
 
   
 
थाह पाउँदैनन् रहरहरूले,   
 
थाह पाउँदैनन् रहरहरूले,   
पंक्ति 39: पंक्ति 39:
 
   
 
   
 
मनपर्छ केटाकेटीजस्ता रहरहरू
 
मनपर्छ केटाकेटीजस्ता रहरहरू
मलार्इ जीवनवोध गराउँदै  
+
मलाई जीवनवोध गराउँदै  
 
घरिघरि झस्क्याइरहने तिनका खेलहरू।  
 
घरिघरि झस्क्याइरहने तिनका खेलहरू।  
 
   
 
   
झुकेर सलाम गर्छु म रहरहरूलार्इ।
+
झुकेर सलाम गर्छु म रहरहरूलाई।
 
रहरहरू नआउनु हो खेल्न भने
 
रहरहरू नआउनु हो खेल्न भने
 
मन पनि म जत्तिकै खालीखाली हुने थियो।
 
मन पनि म जत्तिकै खालीखाली हुने थियो।
 
   
 
   
 
जीवन मेरा आँखाबाट  
 
जीवन मेरा आँखाबाट  
मलार्इ थाहै नदिर्इ कहिले भागिसकेको हुने थियो।
+
मलाई थाहै नदिई कहिले भागिसकेको हुने थियो।
 
</poem>
 
</poem>

22:13, 10 मई 2019 के समय का अवतरण


रहरहरू खेलिरहन्छन् निरन्तर।
 
म हेरिरहेछु,
नियतिदेखि अनभिज्ञ रहरहरू
स-साना केटाकेटीझैँ खेलिरहन्छन् मनभित्र।
 
खेल्दाखेल्दै
फुटाउँछन् मनमा भएका खेलौनाहरू ती
कोतर्छन् मनका भित्ताहरू ती
कोट्याउँछन् मनका पत्रहरू र धुजाधुजा पारेर फ्याँक्छन् ती।
 
थाह पाउँदैनन् रहरहरूले,
मान्छे
बाँचिरहेछ नाजुक जिन्दगीको अभावग्रस्त बँचाइ,
भत्कन हुँदैन भनेरै मात्र नभत्किएका
आशाका खण्डहरमाथि उभिएर भन्ने।
 
रहरहरू निर्वोध छन्, निर्भय छन्।
चकचक गर्छन् मनको भीरमा
बेस्सरी हल्लाउँछन् मनको हाँगामा चढेर
मनको भाँच्चिएको टुक्राको घोडा चढ्‍छन्
उफ्रन्छन् मनै थर्काउने गरी कहिले
कहिले फुटाउँछन् मनको बिर्को र
छताछुल्ल पोखिदिन्छन् भावनाहरू।
 
रमाइलो लाग्छ,
रहरहरूले छरेका मनका टुक्रा बटुलेर जोडिरहन,
मेरी सानी छोरीले भत्काएका उसका खेलौनाहरू जोडेजस्तो।
 
मनपर्छ केटाकेटीजस्ता रहरहरू
र मलाई जीवनवोध गराउँदै
घरिघरि झस्क्याइरहने तिनका खेलहरू।
 
झुकेर सलाम गर्छु म रहरहरूलाई।
रहरहरू नआउनु हो खेल्न भने
मन पनि म जत्तिकै खालीखाली हुने थियो।
 
जीवन मेरा आँखाबाट
मलाई थाहै नदिई कहिले भागिसकेको हुने थियो।