भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKRachnakaarParichay |रचनाकार=सोमनाथ शर्मा सिग्द्याल }} '''सोमना...' के साथ नया पृष्ठ बनाया
{{KKRachnakaarParichay
|रचनाकार=सोमनाथ शर्मा सिग्द्याल
}}

'''सोमनाथ शर्मा सिग्द्याल'''

सोमनाथ शर्मा सिग्द्याल संस्कृतका प्रकाण्ड विद्वान् थिए । उनलाई राजा महेन्द्रबाट २०१६ सालमा 'पण्डितराज'को उपाधिबाट सम्मान गरिएको थियो । उनले नेपाली साहित्यमा एउटाचाहिँ विशेष गहकिलो ग्रन्थ लेखेका छन् 'साहित्य(प्रदीप ।' २०१६ सालमा प्रकाशित 'साहित्यप्रदीप' पण्डितराज सोमनाथ शर्मा सिग्द्यालको जीवनको एउटा तपस्या थियो । पचासौँ वर्षम्म अध्यापन गरी अर्जेको अनुभव, बुद्धि र ज्ञानलाई उनले यस बृहत्. समालोचनात्मक ग्रन्थमा समाविष्ट गरेका छन् । यस ग्रन्थमा मुख्यतया संस्कृतका पुराना नियमहरू कवितामा लगाउनेबारेको व्याख्या र विश्लेषण गरिएको पाइन्छ ।

जगन्नाथ सिग्देल उपाध्याय र लक्ष्मीलीलादेवीका ज्येष्ठ सुपुत्रका रूपमा सोमनाथ सिग्द्यालको जन्म १९४१ सालको ज्येष्ठ शुक्ल १४ मा काठमाडौँमा भएको थियो । उनले आफ्ना बुबाबाट नै अक्षरारम्भ गरे । उनले प्रारम्भिक शिक्षा पनि आफ्नै बुबाबाट ग्रहण गरे । उनका बुबा संस्कृतका विद्वान् थिए । त्यसैले पाँच वर्षो उमेरदेखि सोमनाथ सिग्द्याललाई विर्द्यार्जनमा घोटाइएको. थियो । उनलाई क्रमशः काव्य, व्याकरण र न्यायग्रन्थहरूको अध्ययनमा खिप्न थालियो । परिणामस्वरूप नेपाल राजकीय संस्कृत प्रधान पाठशालामा उनी पहिलो छात्रका रूपमा समुत्तीर्ण भए । त्यसपछि नेपालमा समुचित पठनपाठनको व्यवस्था नहुनाले शैक्षिक अध्ययनका क्रममा उनी काशीतिर लागे । त्यहाँ उनी 'बनारस क्वीन्स कलेज'मा भर्ना भए । त्यहीँबाट यी न्याय वैशेषिकाचार्यको परीक्षामा समुत्तीर्ण भए । त्यसपछि यी कलकत्ताबाट काव्यतीर्थको परीक्षामा विशिष्ट श्रेणीमा समुत्तीर्ण भए ।

काशीमा अध्ययन जारी राखेको समयमा सोमनाथ सिग्द्यालले आफ्ना सहपाठीहरूलाई पत्रिका प्रकाशनमा आकषिर्त गराएका थिए । त्यस बेला उनले. साथीभाइरूको मिलोमतोबाट 'सूक्तिसुधा' नामक संस्कृत पत्रिकाको प्रकाशन गरेका थिए । तर केही समयपछि 'सूक्तिसुधा' पत्रिकाले थन्कनुपर्‍यो । त्यसपछि सिग्द्याल अर्को पत्रिका चलाउन तम्सन थाले । उनले नेपाली भाषाको सेवामा उत्साहित विद्यार्थी साथीहरू देवीदत्त पराजुली र विष्णुप्रसाद भण्डारीसँग नेपाली भाषाको पत्रिका प्रकाशन गर्नेबारे छलफल गरे । परिणामस्वरूप उनीहरू तीन भाइको सक्रियतामा संवत् १९६३ सालमा 'सुन्दरी'को प्रकाशन सुरु भयो । यस पत्रिकाका सम्पादक यिनै तीन भाइ थिए । त्यही 'सुन्दरीमा प्रकाशित 'मानिनीरञ्जन' सिग्द्यालको पहिलो रचना मानिन्छ ।

सोमनाथ शर्मा सिग्द्यालले १९५४ सालमा गिरिराजसँग बिहे गरे । गिरिराजाबाट सन्तान नभएपछि यिनले तीस वर्षो उमेरमा दोलकुमारीसँग पुनः अर्को बिहे गरे । दोस्रो पल्ट बिहे भएपछि प्रथम पत्नीबाट नै यिनका दुईवटी छोरी र एक जना छोरा जन्मे । तर यिनका छोरा दुई वर्षै उमेरमा परलोक भए र दुईमध्ये एउटी छोरी पनि संसारबाट बिदा भइन् । त्यसपछि छोराको रहरमा यिनले पुनः ललितादेवीसँग तेस्रो बिहे गरे । त्यस बेला यिनको. उमेर चालीस वर्षथियो । यिनका माइली र कान्छी श्रीमती सन्तान जन्माउनबाट वञ्चित रहे । जेठी श्रीमतीसँगको त्रिचालीस वर्षम्मको. दाम्पत्यजीवन कायम भएपछि उनी पनि संवत् १९९७ मा परलोक भइन् । सिग्द्यालकी बाँकी रहेकी एउटी छोरीले पनि देहत्याग गरेपछि उनी सन्तानहीन भए । उनी जीवनको उत्तर्रार्धमा पीडा, कुण्ठा र चिन्ताले ग्रस्त भए ।

भारतको अध्ययनबाट फर्केपछि यिनी १९६४ सालतिर राजकीय संस्कृत पाठशालामा शिक्षकका रूपमा भर्ना भए । त्यस पाठशालामा १९६४ सालदेखि १९७२ सालसम्म शिक्षक भएपछि यिनी त्यसै पाठशालाका प्रधान अध्यापकमा बढुवा भए । यिनी २००९ सालमा राजकीय संस्कृत महाविद्यालयको प्राचार्यमा नियुक्त भए ।

सोमनाथ सिग्द्याल अध्यापनकलाका सौखिन पनि थिए । त्रिचन्द्र कलेजको. स्थापनाभएपछि १९७५ सालदेखि त्यस कलेजमा पनि यिनले नेपाली साहित्य पढाउन थालेका थिए । यिनले त्रिभुवन विश्वविद्यालयमा पनि साहित्य तथा भाषामा प्राध्यापन गरेका थिए ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापनाकालका सदस्य सोमनाथ सिग्द्यालले त्यही प्रज्ञाप्रतिष्ठानबाट २०२४ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्राप्त गरेका थिए । यिनी १९९८ सालमा प्रधानमन्त्री जुद्धशमशेरबाट गोरखादक्षिण बाहु चौथाबाट विभूषित भए । त्रिभुवनबाट यिनले २००८ सालमा गोरखादक्षिण बाहु तेस्रा पाए । राजामहेन्द्रबाट २०२० सालमा सिग्द्याल गोरखादक्षिण बाहु प्रथमबाट विभूषित भए । तापनि महेन्द्रको गद्दी आरोहणको अवसरमा सिग्द्यालले संवत् २०११ सालमा आजीवन जागिर पाइसकेका थिए ।

सोमनाथ सिग्द्यालले जम्मा दसवटा पुस्तक लेखेर प्रकाशित गरे । उनीद्वारा लिखित करिब बाह्रवटा ग्रन्थहरू अझै अप्रकाशित छन् ।
सोमनाथ सिग्द्यालद्वारा लिखित 'मध्यचन्द्रिका' (व्याकरण) त्यसबेलादेखि यसबेलासम्म पनि त्यतिकै लोकप्रिय देखिन्छ । वास्तवमा उच्च माध्यमिकतहदेखि उच्च शिक्षा ग्रहण गर्नेका लागि पनि 'मध्यचन्द्रिका' आवश्यकीय ग्रन्थ मानिन्छ । सोमनाथ सिग्द्यालको र्सवकालिक प्रस्तुतिका कारणले 'मध्यचन्द्रिका' एउटा अमर कृतिका रूपमा स्थापित भयो । उनले संस्कृत र नेपाली भाषामा व्याकरण लेखेर चिरस्मरणीय कार्य गरेका छन् ।

सिग्द्याललाई महाकवि पनि भनिन्छ । २०१५ सालमा 'आदर्श. राघव' भन्ने महाकाव्य लेखेर उनले खुबै प्रशंसा बटुले । सिग्द्यालले एउटा अर्को महाकाव्य 'चन्द्रचरित' पनि लेखेका थिए । चन्द्रशमशेर राणाको भक्तिभावमा डुबेर लेखिएको 'चन्द्रचरित' महाकाव्य छाप्नेछाप्ने बेलामा राणाको निधन भएकाले प्रकाशित हुन सकेन । राणाको स्तुतिमा लेखेको त्यस पाण्डुलिपिले सिग्द्याललाई पिर्नु पिर्‍यो । त्यसैको जलनबाट मुक्त हुन उनले 'आदर्श राघव' लेखे ।

राघव' सोमनाथ सिग्द्यालले पूर्वीय काव्य(लक्षणलाई अक्षरशः पालन गरेर लेखेको महाकाव्य हो । यिनले लेखेको यस महाकाव्यमा रामचरित्रलाई व्याख्या गरेका छन् । यस ग्रन्थमा यिनले ठाउँठाउँमा संस्कृतका कठोर शब्दहरू पनि समावेश गराएका छन् भने ठाउँठाउँमा भावधारालाई नै. अस्पष्ट, क्लिष्ट र अव्यावहारिक बनाएको पनि पाइन्छ । यिनी पाण्डित्यपूर्णढङ्गबाट कविता लेख्थे । यिनको अनुभव, यिनको चिन्तन र यिनको मननले. यिनी समकालीन शिखर कवि थिए । यिनी रस, अलङ्कार र छन्दलाई काखी च्यापेर कविता लेख्थे ।

पण्डितराज सोमनाथ सिग्द्याल एउटा कुशल समालोचक पनि हुन् । उनले आफ्ना युगमा 'साहित्य(प्रदीप' लेखेर आफ्नो नाउँ समालोचकीय क्षेत्रमा लेखाएका छन् । उनीद्वारा लिखित 'साहित्यप्रदीप'मा शब्ददेखि कविता के हो. भन्नेसम्म उल्लेख गरिएको छ । यसमा उनले संस्कृत वाङ्मयका कवि, विद्वान् र आलोचकहरूका काव्यसिद्धान्तको परिभाषालाई प्रस्तुत गरेका छन् । यस कृतिमा काव्यका लक्षण र प्रकारको लेखाजोखा गरिनुका साथै संस्कृत र नेपाली भाषाका काव्यका विधाको प्रयोगबारे अध्ययन र विश्लेषण गरिएको छ । यसै गरी यस कृतिमा रस, वृत्ति, लक्षणा, व्यञ्जना र ध्वनिको पनि सिद्धान्त खिपिएको छ । सिग्द्यालले यस ग्रन्थलाई अझै परिमार्जित बनाउँदै लेखनका गुण, दोष, रीति एवं अलङ्कारका विधिहरूको पनि व्याख्या गरेका छन् । सिग्द्यालको 'साहित्य(प्रदीप' (लक्षणग्रन्थ) नेपाली साहित्यको एउटा महत्त्वपूर्ण समालोचनात्मक ग्रन्थ हो । सृजना, विश्लेषण र प्रयोगका आधारमा उभ्याइएको यस ग्रन्थले एउटा युगको प्रतिनिधित्वलाई बैसाखी चढाएको. पाइन्छ ।

पण्डितराज सिग्द्यालबाट त्यस बखत आफ्नो संस्कृतको सारा अध्ययनलाई नेपाली भाषामा केन्द्रित गर्न सक्नु पनि एउटा उपलब्धि थियो । बहुमुखी प्रतिभाका धनी सोमनाथ सिग्द्याल संस्कृत भाषामा सञ्चित दर्शन, इतिहास, पुराण, साहित्य, धर्मशास्त्र आदिका चाहिँ प्रकाण्ड विद्वान् थिए । आफ्नो गहन विद्वताका कारणले पाणिनिपछि यिनैले संस्कृत व्याकरणको. परिष्कार गरे । सिग्द्यालको बहुआयामिक व्यक्तित्वको निर्माणमा विद्वच्छिरोमणि हेमराज शर्मा र उनीद्वारा स्थापित पुस्तकालयको पनि ठूलो हात थियो । वास्तवमा हेमराजमार्फ सिग्द्यालले बौद्धिक, सामाजिक र राजनैतिक लाभ पनि ग्रहण गरेका थिए । राणासरकारसँग यिनको परिचय गराउनमा हेमराज गुरुको नै प्रमुख हात थियो । त्यसैको फलले सिग्द्याल राणाबाट पनि सम्मानित भएका थिए ।

नेपाली र संस्कृत भाषाको लगनका साथ अत्यधिक सेवा गर्दागर्दै ८९ वर्षा टेक्नासाथ उनको इहलीला समाप्त भयो । २०२९ सालको असोज २८ गते उनी बनारसको शिवपुरीमा स्वर्गीय भए । वास्तवमा उनी आफ्नो निधन गङ्गाको तटमा गराउन भनेर नै काठमाडौँबाट केही दिन अगिमात्र त्यहाँ पुगेका थिए ।

'''स्रोतः [http://www.nai.com.np/contents.php?id=337 नई प्रकाशन - सोमनाथ शर्मा सिग्द्याल]''' २१ मंसिर २०१८
Mover, Reupload, Uploader
6,377
edits