भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

साउन... / वसन्त चौधरी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:18, 13 अगस्त 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=वसन्त चौधरी |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


एकान्तमा
एकतमास पर्दैछ पानी
सिमसिम सिमसिम ।
आकाशसँग धरती स्पर्शित भइदिंदा
लाग्यो म तिमीसँग एकाकार छु !

धरतीको रिमझिमतामा
आज आकाश घुलमिल भएजस्तै लाग्छ
आश्चर्य !
धरतीमा जत्ति खनिन्छ आकाश
उत्ति नै आकाशमा खुल्दो रहेछ आकाश !
यो सिमसिमे पानीको मधुरो वर्षणमा
गहिरो मायाको परिभाषा पढ्दैछु म !

माया गर्नु,
चौबन्दी चोलो दिनु हैन
दिनु, त्यो दिनु,
अझ यस्तो दिनु हो
जुनीभर तिर्दै गरे पनि चुक्त्ता नहुने
ऋण लिनु सरह नै होस्
मैले आजै जानें —
त्यो माया हैन रहेछ
माया भनेर जत्ति गर्यौं !
माया वास्तवमा चीजै यस्तो रहेछ
जुन गरिंदैन ।
जब प्रेम बुझें, तब मैले
पानीको सिमसिममा
सुनौलो रिमझिम देख्न थालें !