भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सायद अब फर्कने बेला भयो / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:32, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


थाहा नपाई छोडिएछन् कति हो कति
अविस्मरणीय डोबहरू पैतालाका
पछाडि परिसकेका छन् सारा दृश्य र जमघटहरू
फर्कौँ–फर्कौँ अब घाम डुब्ने बेला भयो
हामीले आफ्ना–आफ्ना गुँडतिर फर्कने बेला भयो
फर्कौँ अब हामी सायद फर्कने बेला भयो ।

फर्कने मन छैन सायद तिमीलाई
यता अर्को मन पनि छटपटाउँदै छ त्यसरी नै
परेको साँझ छिप्पिँदै जान कति बेर
अन्धकारको व्यूहमा हामी घेरिन कतिबेर
त्यसैले लगाम तानूँ अब पैतालाहरूको
पकड फुस्काऊ अब मधुशालाहरूको
फर्कनैपर्ने बाध्यता अटल छ भने ध्रुवताराजस्तो
साँझ छिप्पिँदै छ अन्धकार गाढा हुने बेला भयो
फर्कौँ अब हामी सायद फर्कने बेला भयो ।

पैतालाहरू जहाँ–जहाँ पुगे, पुगिसके
भावनाले मोहकताको जुनजुन चुचुरा चुमे, चुमिसके
लुकाऔँ अब स्मृतिहरूलाई
मनका अँगेनाहरूमा
फुकाएका आकाङ्क्षाहरू समेटौँ अब
पोको पार्ने बेला भयो
फर्कौँ अब हामी सायद फर्कने बेला भयो ।

चङ्गाजस्तो उड्दै मनले आकाशगङ्गा
छुने आँट गर्योद
डोरी अति झिनो थियो वास्तविकताको
छिन्यो र तलतिर झर्‍यो
यादमा छटपटाउनुको के उपलब्धि ?
आकाशीय नीलिमाको
अब शिशिरको पातजस्तै
भौँतारिने बेला भयो
फर्कौँ अब हामी सायद फर्कने बेला भयो ।

सम्झौँ हामी स्वप्नको देशमा थियौँ
जो बिपनासँग पराजित भइसकेको छ
एउटा क्रुद्ध नदी बहेर बीचमा
हामीलाई विभाजित गरिसकेको छ
चरचरी चिरिएको मन दुःखिरहेको छ
व्यथाका भुमरीहरूमा घेरिएर
छोडौँ अब छोडौँ मलम लगाउने काम गरोस्
समयले कोमल प्वाँखहरू टिपेर
अब पुराना घाउहरू बिर्सने बेला भयो
फर्कौँ अब फर्कौँ सायद फर्कने बेला भयो ।

सायद रङमञ्चमा थियौँ
र अभिनयका मोहक क्षणहरूमा भुल्यौँ केहीबेर
कठोर वास्तविकतालाई बिर्सेर
कल्पनाका रोटेपिङहरूमा झुल्यौँ केहीबेर
समाप्त भइसके होला भूमिकाहरू अब हाम्रा
उदघोषण हुँदै छ नेपथ्यबाट
सायद रङ्गमञ्चको पर्दा खस्ने बेला भो
फर्कौँ अब हामी सायद फर्कने बेला भो ।