Last modified on 21 नवम्बर 2018, at 15:29

सोमनाथ शर्मा सिग्द्याल / परिचय

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:29, 21 नवम्बर 2018 का अवतरण ('{{KKRachnakaarParichay |रचनाकार=सोमनाथ शर्मा सिग्द्याल }} '''सोमना...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सोमनाथ शर्मा सिग्द्याल

सोमनाथ शर्मा सिग्द्याल संस्कृतका प्रकाण्ड विद्वान् थिए । उनलाई राजा महेन्द्रबाट २०१६ सालमा 'पण्डितराज'को उपाधिबाट सम्मान गरिएको थियो । उनले नेपाली साहित्यमा एउटाचाहिँ विशेष गहकिलो ग्रन्थ लेखेका छन् 'साहित्य(प्रदीप ।' २०१६ सालमा प्रकाशित 'साहित्यप्रदीप' पण्डितराज सोमनाथ शर्मा सिग्द्यालको जीवनको एउटा तपस्या थियो । पचासौँ वर्षम्म अध्यापन गरी अर्जेको अनुभव, बुद्धि र ज्ञानलाई उनले यस बृहत्. समालोचनात्मक ग्रन्थमा समाविष्ट गरेका छन् । यस ग्रन्थमा मुख्यतया संस्कृतका पुराना नियमहरू कवितामा लगाउनेबारेको व्याख्या र विश्लेषण गरिएको पाइन्छ ।

जगन्नाथ सिग्देल उपाध्याय र लक्ष्मीलीलादेवीका ज्येष्ठ सुपुत्रका रूपमा सोमनाथ सिग्द्यालको जन्म १९४१ सालको ज्येष्ठ शुक्ल १४ मा काठमाडौँमा भएको थियो । उनले आफ्ना बुबाबाट नै अक्षरारम्भ गरे । उनले प्रारम्भिक शिक्षा पनि आफ्नै बुबाबाट ग्रहण गरे । उनका बुबा संस्कृतका विद्वान् थिए । त्यसैले पाँच वर्षो उमेरदेखि सोमनाथ सिग्द्याललाई विर्द्यार्जनमा घोटाइएको. थियो । उनलाई क्रमशः काव्य, व्याकरण र न्यायग्रन्थहरूको अध्ययनमा खिप्न थालियो । परिणामस्वरूप नेपाल राजकीय संस्कृत प्रधान पाठशालामा उनी पहिलो छात्रका रूपमा समुत्तीर्ण भए । त्यसपछि नेपालमा समुचित पठनपाठनको व्यवस्था नहुनाले शैक्षिक अध्ययनका क्रममा उनी काशीतिर लागे । त्यहाँ उनी 'बनारस क्वीन्स कलेज'मा भर्ना भए । त्यहीँबाट यी न्याय वैशेषिकाचार्यको परीक्षामा समुत्तीर्ण भए । त्यसपछि यी कलकत्ताबाट काव्यतीर्थको परीक्षामा विशिष्ट श्रेणीमा समुत्तीर्ण भए ।

काशीमा अध्ययन जारी राखेको समयमा सोमनाथ सिग्द्यालले आफ्ना सहपाठीहरूलाई पत्रिका प्रकाशनमा आकषिर्त गराएका थिए । त्यस बेला उनले. साथीभाइरूको मिलोमतोबाट 'सूक्तिसुधा' नामक संस्कृत पत्रिकाको प्रकाशन गरेका थिए । तर केही समयपछि 'सूक्तिसुधा' पत्रिकाले थन्कनुपर्‍यो । त्यसपछि सिग्द्याल अर्को पत्रिका चलाउन तम्सन थाले । उनले नेपाली भाषाको सेवामा उत्साहित विद्यार्थी साथीहरू देवीदत्त पराजुली र विष्णुप्रसाद भण्डारीसँग नेपाली भाषाको पत्रिका प्रकाशन गर्नेबारे छलफल गरे । परिणामस्वरूप उनीहरू तीन भाइको सक्रियतामा संवत् १९६३ सालमा 'सुन्दरी'को प्रकाशन सुरु भयो । यस पत्रिकाका सम्पादक यिनै तीन भाइ थिए । त्यही 'सुन्दरीमा प्रकाशित 'मानिनीरञ्जन' सिग्द्यालको पहिलो रचना मानिन्छ ।

सोमनाथ शर्मा सिग्द्यालले १९५४ सालमा गिरिराजसँग बिहे गरे । गिरिराजाबाट सन्तान नभएपछि यिनले तीस वर्षो उमेरमा दोलकुमारीसँग पुनः अर्को बिहे गरे । दोस्रो पल्ट बिहे भएपछि प्रथम पत्नीबाट नै यिनका दुईवटी छोरी र एक जना छोरा जन्मे । तर यिनका छोरा दुई वर्षै उमेरमा परलोक भए र दुईमध्ये एउटी छोरी पनि संसारबाट बिदा भइन् । त्यसपछि छोराको रहरमा यिनले पुनः ललितादेवीसँग तेस्रो बिहे गरे । त्यस बेला यिनको. उमेर चालीस वर्षथियो । यिनका माइली र कान्छी श्रीमती सन्तान जन्माउनबाट वञ्चित रहे । जेठी श्रीमतीसँगको त्रिचालीस वर्षम्मको. दाम्पत्यजीवन कायम भएपछि उनी पनि संवत् १९९७ मा परलोक भइन् । सिग्द्यालकी बाँकी रहेकी एउटी छोरीले पनि देहत्याग गरेपछि उनी सन्तानहीन भए । उनी जीवनको उत्तर्रार्धमा पीडा, कुण्ठा र चिन्ताले ग्रस्त भए ।

भारतको अध्ययनबाट फर्केपछि यिनी १९६४ सालतिर राजकीय संस्कृत पाठशालामा शिक्षकका रूपमा भर्ना भए । त्यस पाठशालामा १९६४ सालदेखि १९७२ सालसम्म शिक्षक भएपछि यिनी त्यसै पाठशालाका प्रधान अध्यापकमा बढुवा भए । यिनी २००९ सालमा राजकीय संस्कृत महाविद्यालयको प्राचार्यमा नियुक्त भए ।

सोमनाथ सिग्द्याल अध्यापनकलाका सौखिन पनि थिए । त्रिचन्द्र कलेजको. स्थापनाभएपछि १९७५ सालदेखि त्यस कलेजमा पनि यिनले नेपाली साहित्य पढाउन थालेका थिए । यिनले त्रिभुवन विश्वविद्यालयमा पनि साहित्य तथा भाषामा प्राध्यापन गरेका थिए । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापनाकालका सदस्य सोमनाथ सिग्द्यालले त्यही प्रज्ञाप्रतिष्ठानबाट २०२४ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्राप्त गरेका थिए । यिनी १९९८ सालमा प्रधानमन्त्री जुद्धशमशेरबाट गोरखादक्षिण बाहु चौथाबाट विभूषित भए । त्रिभुवनबाट यिनले २००८ सालमा गोरखादक्षिण बाहु तेस्रा पाए । राजामहेन्द्रबाट २०२० सालमा सिग्द्याल गोरखादक्षिण बाहु प्रथमबाट विभूषित भए । तापनि महेन्द्रको गद्दी आरोहणको अवसरमा सिग्द्यालले संवत् २०११ सालमा आजीवन जागिर पाइसकेका थिए ।

सोमनाथ सिग्द्यालले जम्मा दसवटा पुस्तक लेखेर प्रकाशित गरे । उनीद्वारा लिखित करिब बाह्रवटा ग्रन्थहरू अझै अप्रकाशित छन् । सोमनाथ सिग्द्यालद्वारा लिखित 'मध्यचन्द्रिका' (व्याकरण) त्यसबेलादेखि यसबेलासम्म पनि त्यतिकै लोकप्रिय देखिन्छ । वास्तवमा उच्च माध्यमिकतहदेखि उच्च शिक्षा ग्रहण गर्नेका लागि पनि 'मध्यचन्द्रिका' आवश्यकीय ग्रन्थ मानिन्छ । सोमनाथ सिग्द्यालको र्सवकालिक प्रस्तुतिका कारणले 'मध्यचन्द्रिका' एउटा अमर कृतिका रूपमा स्थापित भयो । उनले संस्कृत र नेपाली भाषामा व्याकरण लेखेर चिरस्मरणीय कार्य गरेका छन् ।

सिग्द्याललाई महाकवि पनि भनिन्छ । २०१५ सालमा 'आदर्श. राघव' भन्ने महाकाव्य लेखेर उनले खुबै प्रशंसा बटुले । सिग्द्यालले एउटा अर्को महाकाव्य 'चन्द्रचरित' पनि लेखेका थिए । चन्द्रशमशेर राणाको भक्तिभावमा डुबेर लेखिएको 'चन्द्रचरित' महाकाव्य छाप्नेछाप्ने बेलामा राणाको निधन भएकाले प्रकाशित हुन सकेन । राणाको स्तुतिमा लेखेको त्यस पाण्डुलिपिले सिग्द्याललाई पिर्नु पिर्‍यो । त्यसैको जलनबाट मुक्त हुन उनले 'आदर्श राघव' लेखे ।

राघव' सोमनाथ सिग्द्यालले पूर्वीय काव्य(लक्षणलाई अक्षरशः पालन गरेर लेखेको महाकाव्य हो । यिनले लेखेको यस महाकाव्यमा रामचरित्रलाई व्याख्या गरेका छन् । यस ग्रन्थमा यिनले ठाउँठाउँमा संस्कृतका कठोर शब्दहरू पनि समावेश गराएका छन् भने ठाउँठाउँमा भावधारालाई नै. अस्पष्ट, क्लिष्ट र अव्यावहारिक बनाएको पनि पाइन्छ । यिनी पाण्डित्यपूर्णढङ्गबाट कविता लेख्थे । यिनको अनुभव, यिनको चिन्तन र यिनको मननले. यिनी समकालीन शिखर कवि थिए । यिनी रस, अलङ्कार र छन्दलाई काखी च्यापेर कविता लेख्थे ।

पण्डितराज सोमनाथ सिग्द्याल एउटा कुशल समालोचक पनि हुन् । उनले आफ्ना युगमा 'साहित्य(प्रदीप' लेखेर आफ्नो नाउँ समालोचकीय क्षेत्रमा लेखाएका छन् । उनीद्वारा लिखित 'साहित्यप्रदीप'मा शब्ददेखि कविता के हो. भन्नेसम्म उल्लेख गरिएको छ । यसमा उनले संस्कृत वाङ्मयका कवि, विद्वान् र आलोचकहरूका काव्यसिद्धान्तको परिभाषालाई प्रस्तुत गरेका छन् । यस कृतिमा काव्यका लक्षण र प्रकारको लेखाजोखा गरिनुका साथै संस्कृत र नेपाली भाषाका काव्यका विधाको प्रयोगबारे अध्ययन र विश्लेषण गरिएको छ । यसै गरी यस कृतिमा रस, वृत्ति, लक्षणा, व्यञ्जना र ध्वनिको पनि सिद्धान्त खिपिएको छ । सिग्द्यालले यस ग्रन्थलाई अझै परिमार्जित बनाउँदै लेखनका गुण, दोष, रीति एवं अलङ्कारका विधिहरूको पनि व्याख्या गरेका छन् । सिग्द्यालको 'साहित्य(प्रदीप' (लक्षणग्रन्थ) नेपाली साहित्यको एउटा महत्त्वपूर्ण समालोचनात्मक ग्रन्थ हो । सृजना, विश्लेषण र प्रयोगका आधारमा उभ्याइएको यस ग्रन्थले एउटा युगको प्रतिनिधित्वलाई बैसाखी चढाएको. पाइन्छ ।

पण्डितराज सिग्द्यालबाट त्यस बखत आफ्नो संस्कृतको सारा अध्ययनलाई नेपाली भाषामा केन्द्रित गर्न सक्नु पनि एउटा उपलब्धि थियो । बहुमुखी प्रतिभाका धनी सोमनाथ सिग्द्याल संस्कृत भाषामा सञ्चित दर्शन, इतिहास, पुराण, साहित्य, धर्मशास्त्र आदिका चाहिँ प्रकाण्ड विद्वान् थिए । आफ्नो गहन विद्वताका कारणले पाणिनिपछि यिनैले संस्कृत व्याकरणको. परिष्कार गरे । सिग्द्यालको बहुआयामिक व्यक्तित्वको निर्माणमा विद्वच्छिरोमणि हेमराज शर्मा र उनीद्वारा स्थापित पुस्तकालयको पनि ठूलो हात थियो । वास्तवमा हेमराजमार्फ सिग्द्यालले बौद्धिक, सामाजिक र राजनैतिक लाभ पनि ग्रहण गरेका थिए । राणासरकारसँग यिनको परिचय गराउनमा हेमराज गुरुको नै प्रमुख हात थियो । त्यसैको फलले सिग्द्याल राणाबाट पनि सम्मानित भएका थिए ।

नेपाली र संस्कृत भाषाको लगनका साथ अत्यधिक सेवा गर्दागर्दै ८९ वर्षा टेक्नासाथ उनको इहलीला समाप्त भयो । २०२९ सालको असोज २८ गते उनी बनारसको शिवपुरीमा स्वर्गीय भए । वास्तवमा उनी आफ्नो निधन गङ्गाको तटमा गराउन भनेर नै काठमाडौँबाट केही दिन अगिमात्र त्यहाँ पुगेका थिए ।

स्रोतः नई प्रकाशन - सोमनाथ शर्मा सिग्द्याल २१ मंसिर २०१८